गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् ।

माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुट प्रमिटको व्यवस्था हटाइएको छ । यसअघी दुई जिल्लाका लागि मात्रै स्थायी रुट परमिट पाउने सवारी साधनले दुई जिल्ला बाहिर जाँदा अस्थायी रुट प्रमिट (पटके) काट्नुपर्ने व्यवस्था थियो ।

यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०४९ ले गरेको व्यवस्थाका कारण मर्कामा पर्दै आएका व्यवसायीले प्रदेशभर चाहना अनुसार स्थायी रुट परमिट पाउने भएपछि दिपावली गरेर खुसीयाली मनाएका हुन् ।

बेनी यातायात प्रा.लीले बेनीमा, धौलागिरी यातायात सेवा प्रा.लि.ले बागलुङमा, बुर्तिवाङ, गोरखा, कुश्मामा हलुका सवारी व्यवसायीहरुले शनिबार साँझ एकै समयमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् ।

म्याग्दीका हलुका सवारी व्यवसायीहरुको ¥याली बेनी बजार परिक्रमा गरेर बिरेन्द्रचोकमा दिपावली गरेका थिए । बाग्लुङमा लोकतान्त्रीक चोकमा पुगेर दिपावली गरेका थिए । गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिँदै व्यवसायी कुमार थापा र कपिल शर्माले प्रदेश सरकारले व्यवसायीलाई न्याय गरेको बताउनुभयो ।

प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बाग्लुुङ जिल्लाका ट्याक्सी, जिप व्यवसायी र यात्रुहरुका लागि नयाँ व्यवस्थाले सहज हुने बेनी यातायात प्रा.लि.का सञ्चालक टिका पुर्जाले थापाले बताउनुुभयो ।

“ट्याक्सी सेवा लिने धेरै यात्रुहरुको आकस्मिक काम परेका र बिरामीनै हुुने गर्छन,” उहाँले भन्नुुभयो “एक पटकलाई मात्र जारी हुने पटके लिन राती र कार्यालय बाहेकको समयमा कर्मचारीलाई फोन गरेर उनिहरुको घर, निवास र डेरामा पुुगेर पटके लिनुपर्ने समस्या हटेको छ ।”

Leave a Reply