अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गर्बुजा हत्या प्रकरण : १० अभियुक्त प्रहरी नियन्त्रणमा

On: February 4, 2024 11:24 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न नाबालक सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूरानो रिसइबीलाई मिलापत्र गर्ने निहुँमा भेला भएका दुई समुह बिचको विवादमा खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेग घर भई हाल बेनी नगरपालिका–८पिपलचोक बस्ने २२ बर्षिय सुशील गर्बुजाको ज्यान गएपछि फरार आरोपिहरु मध्ये १० जना विभिन्न समयमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनामा संलग्नहरुमध्ये मृतक गर्बुजाका परिवारले दिएको किटानी जायरीमा आरोपि बेनी नगरपालिका वडा नं ५ का सफल केसीले आइतबार विहान प्रह्री समक्ष आत्मसर्मपण गरेका छन् ।

घटनामा २ जना १५ र १७ बर्ष छन् । सदरमुकाम बेनीबजारलाई नै अशान्त बनाउने गरी भएको उक्त घटना घटेको घटनास्थल आसपासका सिसीटिभी फुटेज सहित प्रत्यक्षदर्शी, विगतका दुस्मनीका साथै घटनामा संलग्न अन्य यूवाहरूको समेत खोजीकार्य भइरहेको छ ।

यो घटनामा मृतकका परिवारले दिएको किटानीजायरीमा मुख्य आरोपि सबै प्रहरीको नियन्त्रणमा छन् । आरोपिलाई जिल्ला अदालतबाट म्याद थप गरी कर्तब्य ज्यान मुद्धामाअनुसन्धान भइरहेको छ । मृतककी दिदी बिपना गर्बुजाले सामाजिक सञ्जालमा घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग सहित सबै सरोकारवालालाई न्यायको पक्षमा उभिन अपिल सहित मार्मिक सन्देश समेत लेखेकी थिइन् ।