जिल्ला समन्वय समितिले आगामी जिल्ला सभा मार्फात योजना व्याङ्क निर्माण गर्ने भएको छ । जिल्ला समन्वय समिति म्याग्दीमा बिहीबार भएको स्थानियतह र प्रदेश मातहतका कार्यालय प्रमुखहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला भित्र पर्ने योजनाहरुमा डुप्लिकेसन हुने तथा अन्य केही समस्याहरु देखिएकोले जिल्ला समन्वय समितिका प्रमुखले जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुख एवम् स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत सम्मिलित बैठक आह्वान गर्नु भएको थियो ।

उक्त बैठकले स्थानिय तहहरुको सिफारिसमा जिल्ला सभा मार्फत योजना ब्यांक निर्माण गर्ने र आगामी आर्थिक वर्षमा उक्त योजना व्यांक मध्येबाट योजना छनौट गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको हो ।

योजना ब्यांकबाट पठाइएका योजनाका सन्दर्भमा सहजिकरण जिल्ला स्थित कार्यालय प्रमुखले गर्ने निर्णय गरेको छ । योजना व्यांक निर्माण गरिँदा योजना छनौटमा प्राथमिकिकरण हुनुका साथै सहि स्थानमा योजना पर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

बैठकले सन्तुलित विकास अपरिहार्य भएकोले आगामी आर्थिक वर्षमा योजना छनौटमा सन्तुलित र समन्यायिक विकासलाई ध्यानमा राखेर योजना छनौट गर्न गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकारले जिल्लामा योजना छनौट गर्दा स्थानिय तह संग समन्वय र सहकार्य गरेर आवश्यक प्राथमिकताको आधारमा गर्न, सम्बन्धीत मन्त्रालय सँग समन्वय गर्ने र योजना कार्यान्वयनका सन्दर्भमा स्थानिय तह संग समन्वय र सहकार्य गरेर योजना कार्यान्वयन गर्ने भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको योजना कार्यान्वयनको चरणमा रहेको हुादा ति योजनाहरुलाई व्यवस्थित, पारदर्शी र समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई समेत सचेत गराई सरोकार वाला पक्षहरु सँग आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका छ वटै स्थानिय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिृकत, जिल्ला स्थिति सुरक्षा समितिका पदाधिकारी तथा प्रदेश मातहतका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको योजना छनौट तथा आयोजना बैंक निर्माण गर्ने सन्दर्भमा बैठक जिल्लामा पहिलो पटक आयोजना भएको हो ।

Leave a Reply