म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविकी रिया श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको निवन्ध प्रतियोगितामा गण्डकी प्रदेशमै उत्कृष्ट भएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवस (माघ–२८) को अवसरमा आयोजित मावि स्तरीय “भष्ट्राचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन “ विषयक निबन्ध प्रतियोगितामा श्रेष्ठ प्रथम हुन सफल भएकी हुन । आयोगले स्थापना दिवसको अवसरमा ७ वटै प्रदेशमा प्रदेश स्तरीय निबन्ध प्रतियोगिता सञ्चालन गरेको थियोे । श्रेष्ठ प्रकाश माविका कक्षा ९ मा अध्ययनरत छिन ।

श्रेष्ठ कक्षा प्रथम हुनाको साथै अनुशासित, मेहनति र जेहन्दार विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले बताए। आयोगले पुरस्कार ग्रहणका लागि आइतबार श्रेष्ठलाई आमा सहित पोखरा बोलाएकोछ । प्रथम पुरस्कार राशि १५ हजार रहेको विद्यालयले जनाएको छ ।

यसअगाडी समेत जिल्ला तथा प्रदेशस्तरमा हुने विभिन्न प्रतियोगितामा सम्मानित भएकी श्रेष्ठ शुक्रबार बेनी नगरपालिका वडा नं ५ पुलाचौरको जनकल्याण माविमा आयोजना गरिएको मावि स्तरीय हाजिरी जवाफमा समेत श्रेष्ठको टिम द्वितीय भएको विद्यालयका सहायक प्रअ विनय श्रेष्ठले बताए । प्रकाश मावि पछिल्ला बर्षमा खेलकुद, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत लगातार उत्कृष्ट नतिजा ल्याइरहेको छ ।

Leave a Reply