इमान्दारिताको खडेरी लागेको बेलामा सार्वजनिक ठाउँ, होटल र अन्य कुनै ठाउँमा हराएको पैसा, बहुमुख्य गरगहाना हत्तपत्त फिर्ता पाउन सकिन्न। भेटेपनि सम्वन्धित व्यक्तिलाई खोजेर फिर्ता गर्ने इमान्दारिता प्रस्तुत गर्ने जो कोहीमा हुन्न।

बेनी नगरपालिका–४, सिंगा तातोपानीका श्रीस होटेल एन्ड खाजाघर ,सेकुवा, तन्दुरी हाउस कटेजका सञ्चालक प्रेम श्रीषले खाजा खाएर फर्किने बेलामा खसालेको एक तोलाको सिक्री सम्बन्ध्ति धनीलाई फिर्ता गरेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं ३ का मनोज भण्डारीलाई वडा सदस्य समेत रहेका श्रीषले बोलाएरै फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गरेकी छन्।

‘होटलमा धेरै आउँछन्, गलत मान्छेलाई नजाहोस् भनेर सिक्री खरिद गरेको बिल मागेर फिर्ता गरे’ श्रीषले भने । उनले मेहनत बाहेक भेटाएको धन र गरगहानाले मन पगाल्न नसक्ने बताए । भेट्टाएको सुनको सिक्री फिर्ता गरी नेपाली समाजमा इमान्दारिताका खडेरी लागेको बेलामा बलियो सन्देश समेत बनेको सिक्री धनी भण्डारीले बताए ।

उनले इमान्दारिताको मुल्य नहुने भन्दै उदाहरणीय र प्रसंशायोग्य कामको सधै सम्झना हुने बताए। म्याग्दीमा यसअगाडी समेत सडक र विभिन्न स्थानमा बेवारिसे भेटिएका नगद, गरगहना सहित बहुमुल्य सामान हस्तान्तरण गरेर नमुना प्रस्तुत गर्ने गरेका छन् ।

Leave a Reply