अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

शिक्षक संघ बेनी नगर कार्य समितिद्धारा दुई शिक्षक सम्मानित

On: February 10, 2024 7:06 PM
Follow Us:

नेपाल शिक्षक संघ बेनी नगर कार्य समितिको आयोजनामा चौथो प्रतिनिधि सभामा रामचन्द्र मावि अर्जमका शिक्षक तिलाराम थापा मगर र निवृत शिक्षक याम बहादुर खत्रि लाई सम्मानित भएका छन् ।

शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्य समितिका निवर्तमान बरिष्ठ उपध्यक्ष केशब प्रसाद रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थायी, करार र राहत शिक्षक, विद्यालयका कर्मचारीका समस्याका साथै शिक्षासँग सम्बन्धि समस्या समाधानमा केन्द्रित भएर अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।

बेनीनगर शिक्षक संघका अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता,कोषाध्यक्ष हरिप्रसाद ढुङ्गानाद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत, स्वागत मन्तब्य महिला उपाध्यक्ष रजनी शाही र सचिब सुेरेन्द्र प्रसाद केसीको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक संघ जिल्ला कार्य समिति म्याग्दीकी महिला उपाध्यक्ष भिम कुमारी सुवेदीले समेत सम्रग जिल्ला कार्यसमितिका गतिविधिका बारेमा जानकारी गराउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा पेशागात संगठनसँग समेत सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । कार्यक्रमा शिक्षक संघमा आबद्द नगर भित्रका ७० जना शिक्षकको उपस्थिती रहेको थियो ।