म्याग्दीमा उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर मालिका गाउँपालिका-५ देविस्थानमा फुटबल प्रशिक्षण सुरू गरिएको छ । म्याग्दी जिल्ला फुटबल संघसँगको सहकार्यमा देवताभिर युबा क्लब देविस्थानको आयोजनामा आधारभुत फुटबल प्रशिक्षणभ भइरहेको संघका अध्यक्ष कुमार बानियाँले बताए ।

देविस्थानमा ५० जनाभन्दा बढी सहभागी रहेको बताए ।उनले एन्फाबाट मान्यता प्राप्त रेफ्रीद्धारा दुई सिफ्टमा एक महिने प्रशिक्षण भइरहेको बताए ।‘अब पूर्वाधार र प्रशिक्षणलाई सँगसँगै लैजानुपर्छ,‘अब सबै पालिकामा प्रशिक्षण सहित कार्यक्रमहरु लैजाने योजनामा छौ’ अध्यक्ष बानियाँले भने ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका बाहेक सबै स्थानीय तहमा फुटबल संघ गठन गरिएको फुटबलमा रुची भएकालाई आधारभुत तहबाट प्रशिक्षणमा जोड्ने योजना रहेको बताउँदै स्थानीय तहलाई समेत फुटबल खेललाई प्रोत्साहनको निति बनाउन अनुरोध गरिएको बताए ।

उनले पालिकास्तरमा पालिकामा ट्रेनिंग क्याम्प सञ्चालन गरी प्रतिभावान खेलाडीको पहिचान गरी जिल्लास्तरी प्रशिक्षणमा जोड्ने बताए । म्याग्दी जिल्ला एन्फामा आवद्ध हुन अहिले भौतिक पूर्वाधार अभाव रहेको र अन्य मापदण्डलाई समेत पूरा गर्नुपर्ने बताए । म्याग्दीको सदरमुकाम बेनी, रत्नेचौर, चुत्रेनी लगायतका खेलमैदानमा नियमित प्रशिक्षणको वातावरण बनाउन जिल्ला खेलकुद विकास समितिले समेत पहल गरिरहेको छ ।

Leave a Reply