---Advertisement---

हङ्गेरीकी राष्ट्रपतिले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

By एजेन्सी
On: February 11, 2024 12:22 PM
Follow Us:

हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोवाकले राजीनामा दिएकी छन्। बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

गत साता मात्रै राष्ट्रपति नोवाकले बालबालिकामाथि यौन शोषण गरेका एकजना व्यक्तिको सजाय मिनाहा गरिदिएको घटना सार्वजनिक भएको थियो। बीबीसीका अनुसार ती व्यक्तिले सरकारी बालगृहको निर्देशनमा लगाइएको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाद दिन लगाएका थिए।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध हङ्गेरीमा लगातार विरोध प्रदर्शन हुँदै आएको र प्रर्शनकारीले उनको राजीनामा माग गर्दै आएका थिए।

नोवाकले स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रशासरण आएर पदबाट राजीनामा दिएको घोषणा गरिन्।

एजेन्सी