म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सात गुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ।विनास्वीकृति सञ्चालन गर्नेको संख्या बढ्दो छ । अवैध औषधि पसलले बिरामीलाई मनपरी औषधि दिँदा जटिल रोगका बिरामी बढ्न थालेको तथ्यांक सार्वजनिक हुँदासमेत स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभाग द्रष्टा मात्र बनेर बसेको अवस्था छ। यसै सन्र्दभमा औषधि ब्यवसायीको साझा संस्था नेपाल औषधि व्यवसायी संघ म्याग्दीका अध्यक्ष शम्भुराज पाण्डेसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

नेपाल औषधि व्यवसायी संघ म्याग्दीको दोस्रो साधारण सभा तथा अधिवेशनमा अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई छ, तपाईको कार्यकालमा के कस्ता योजना बनाउनुभएको छ ?
धन्यवाद यो अवसरका लागि । मेरो यो कार्यकालमा म्याग्दि जिल्लिमा रहेका दर्तावाला औषधि पलसहरु लाई संगठीत गर्ने,नियमित वैठक बस्ने,बिनादर्ता सञ्चालनमा आएका औषधी पसलहरु लाई दर्ता प्रकृयामा जानका लागि सहयोग गर्ने, सचेतनामुलक सहित विभिन्न स्वास्थ्य क्षेत्रका गतिविधि सञ्चालन गरिने छ ।

म्याग्दीमा औषधि व्यवस्था विभागबाट स्वीकृती लिएर सञ्चालन भएका औषधि पसल कति छन् ?
औषधि व्यवस्था विभागबाट स्वीकृती लिएर म्याग्दी जिल्लामा सञ्चालन भएका औषधि पसल १३ वटा यस संस्थामा आवध रहेका छन् । अझै पनि दर्ता वाला छुट्नु भएका व्यवसायीहरु भएमा हामी संगठीत गराउछौ । तर म्याग्दीमा काुननी प्रक्रिया पूरा नगरेका औषधि पसलको संख्या अधिक छ । त्यो मैले स्वीकार गर्छु । हाम्रो अवैध र दर्ता नभएका औषधि पसलसँग कुनै सम्बन्ध हुदैछ र कुनै समस्या आएमा स्वयंम ब्यक्ती नै जिम्मेबार हुनुपर्छ ।

सरकारी निकायमा एउटा औषधि पसल दर्ता गर्न न्यूनतम मापदण्ड के–के चाहिन्छ ?
सरकारी निकायमा एउटा औषधि पसल दर्ता गर्न न्यूनतम पनि पहिला ओरेन्टसन कोष वा फामेर्सी बिषय उत्तिण गरि लाइसन प्राप्त व्यक्ति हुन पर्छ ।व्यासाय सञ्चालनका लागि सम्बधित वडा, नगरपालिका ,गाउपालिका बाट न्यूनतम मापदण्ड पुरा गरी सञ्चालन अनुमति लिनु पर्छ ।

जिल्लाका अधिकांश ठाउँमा छयाप छयाप्ती अवैध पसल खुलिरहेका छन, विनास्वीकृत सञ्चालित औषधिलाई नियमन गर्न किन दबाब दिन सक्नुभएको छैन ?
नेपाल औषधि व्यावसायी संघले बेनी नगरपालिका लाई म्याग्दी जिल्लामा सञ्चानमा रहेका औषधि पसलको बारेमा जानकारी पहिले नै गराई सकिएको छ ।नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा र्भखर र्भखर मात्र संगठीत भएका छौ त्यसमा पनि हाम्रो संख्या थोरै छौ ।बेनी नगरपलिकाले बेनी न.पा.वडा. नं ७ र ८ मा रहेका औषधि पसलहरु लाई मात्र अनुगमन गरी न्यूनतम मापदण्ड पुरा गरेका औषधि पसल लाई मात्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । नगरपलिका संगको प्रत्येक बैठकहरुमा हामीले नगरपालिकाको १० वटै वडामा अनुगमन गर्नेको लागि ध्यानार्कषण गराएका छौ र म्याग्दी जिल्लाका नगरपालिका तथा गाउपालिका हरुले कहिले आफ्नो कार्ययोजनामा राख्छ थाहा छैन ।

ग्रामिण क्षेत्रमा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अनुभवका अधारमा औषधि बेच्ने गरेका छन । यसलाई नियमिन गर्न सम्बन्धित निकायलाई तपाईहरुको दवाव किन पुगेको छैन ?
ग्रामिण क्षेत्रमा स्वास्थ्य संस्थामा कार्यरत अप्रबिधिक कर्मचारीले समेत अनुभवका अधारमा औषधि बेच्ने गरेका छन् त्यसको लागि हामीले प्रत्येक बैठकहरुमा ध्यानार्कषण गराएका छौ र यस बिषयमा सम्बधित सरेकारवाला (वडा अध्यक्ष तथा पदाधिकारी, नागरीक सामाज,स्वास्थ्य व्यवस्थापन समिति र सर्वसाधारण जानता ) निकायले रअनुगमन तथा नियमन गर्ने निकायले देखे पनि नदेखको जस्तो गरी बसेको देखिन्छ । यस बिषयमा पनि सम्बन्धित निकायलाई दवाव दिने कार्यक्रमहरु हामीले योजानामा राखेका छौ क्रमस सवै तिर हामीले प्रकृयागत रुपमा दवाव दिने छौ, यो पनि एउटा दवाव हो ।

बेनी नगरपालिकाले सदरमुकाम बेनी बाहेक बाहिरका औषधि पसलको अनुमगन गर्न सकेको छैन, अन्य स्थानीय तहले हात हाले फसिन्छ जस्तै गरेका छन, यस्तो अवस्थामा नागरिकको जनस्वास्थ्यमा झनै खेलबाड भएको छ, तपाईलाई के लाग्छ ?
नगरपलिका संगको प्रत्येक बैठकहरुमा हामीले नगरपालिकाको १० वटै वडामा अनुगमन गर्नेको लागि ध्यानार्कषण गराएका छौ। बेनी नगरपालिकाले सदरमुकाम बेनी बाहेक बाहिरका औषधि पसलको अनुमगन गर्न नसक्दा अनावश्यक रुपमा एन्टिबायोटिक प्रयोग बढिभएको देखिन्छ जसले गर्दा नागरिको जनस्वास्थ्यमा दिघकालिन असरहर देखिने गरेका छन् ।
ड्ड म्याग्दीमा बिना दर्ता सञ्चालित धैरै औषधि पसलबाट चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू

डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट समेत बिक्री हुने गरेको छ । दर्तावाला औषधि पसलले प्रेस्क्रिप्सन विनै विक्री गरेको पाउनुभएको छ त ?
म्याग्दी जिल्लामा दर्तावाला औषधि पसलले प्रस्किप्सन विना लागु तथा मनोदिपक औषधिहरु बिक्री बितारण गरेका छैनौ र बिना दर्तावालाले पनि चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट समेत बिक्री हुने गरेको जानकारीमा आएको छैन, यदी जानकारीमा आयो भने पनि नेपाल औषधि व्यावसायी जिल्ला शाखा म्याग्दीले पनि त्यस बिरुद्घ आवश्यक कदम चाल्ने छ ।

म्याग्दीमा रुघाखोकी, ज्वरो आउनासाथ कडाखालको एन्टिबायोटिक औषधि खाने र बेच्ने गरेको देखिन्छ । जसको कारण मिर्गौला, कलेजो लगायतका दिर्घरोगीको संख्या बढेको छ । एन्टिबायोटिक औषधिका बारेमा सचेतनामुलक अभियान सञ्चालनमा तपाईको भूमिका आगामी दिनमा कस्तो हुन्छ ?
म्याग्दी जिल्लामा बहिर अन्य जिल्लाको तुलनमा कडाखालको एन्टिबायोटिक औषधिको प्रयोग कमै देखियको छ तर पनि एन्टिबायोटिकस्वास्थ्य कर्मी तथा चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गदा राम्रो हुन्छ । (एन्टिबायोटिक औषधि आवश्क नै परेमा मात्र वा व्याक्टेरीको संक्रमण भएमात्र प्रयोग गरीन्छ ) ।एन्टिबायोटिक औषधिका बारेमा सचेतनामुलक अभियान सञ्चालनमा म लगायत नेपाल औषधि व्यावसायी संघको पुरै टिमले जनचेताना फैलाउनका लागि महत्वपूण भूमिका निभाउने छौ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म्याग्दी जिल्लाका सारोकार वाला कार्यालयले पनि जिल्ला भर बिनादर्ता सञ्चालनमा रहेकाऔषधि पसलहरुको अनुगमन गरी दर्ता प्रक्रियामा लगेमा पनि नेपाल सरकार लाई धेरै राजस्वा संकलन हुने थीयो । म्याग्दी जिल्लामा नियमान तथा अनुगमन नहुदा राज्यको राजस्वा चुवावट भएको छ । औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि पसलहरुबाट आधिकारिक बिल लिएर मात्र औषधि खरीद गर्ने गरौ साथै औषधिको म्याद समाप्ति मिति यकीन गरेर मात्र औषधिहरु खरीद गर्नुहोस् ।

Leave a Reply