बेनी बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन भएका छन् । आइतबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट यसैगरी कार्यसमितिको उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,सचिव केशव प्रसाद रेग्मी,कोषाध्यक्ष टंकबहादुर हमाल चयन भएको संस्थाका प्रवन्धक यामबहादुर बिकले बताए ।

समितिको सदस्यहरुमा सिर्जना श्रेष्ठ,मनोज पौडेल,राधिका सापकोटा बलराम सुवेदी र गंगाकुमारी खत्री रहेका छन् । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले साधारणसभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ। ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महशुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ।

Leave a Reply