अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

साविक विजेता ब्राजिललाई बाहिर राख्दै अर्जेन्टिना पेरिस ओलम्पिक २०२४ मा छनोट

By सेतोपाटी
On: February 12, 2024 3:46 PM
Follow Us:

साविक विजेता ब्राजिल पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल प्रतियोगिताका लागि छनोट हुन असफल भएको छ। ब्राजिललाई महत्वपूर्ण खेलमा १-० गोलले हराएको अर्जेन्टिना भने छनोट भएको छ।

ओलम्पिकका लागि दक्षिण अमेरिकाबाट २ टिम छनोट हुने प्रावधान छ। ओलम्पिकमा यू-२३ टिमबीच प्रतिस्पर्धा हुन्छ।

लगातार तेस्रो स्वर्ण जित्ने लक्ष्य राखेको ब्राजिलले सन् २००४ पछि पहिलो पटक ओलम्पिकमा फुटबल फुटबल खेल्ने छैन ।

दक्षिण अमेरिकी छनोट प्रतियोगितामा अर्जेन्टिनाका यू-२३ टिमका लागि ७७ औं मिनेटमा लुसियानो गोन्डौले हेडिङ गोल गरेका थिए।

सन् २००४ र २००८ मा स्वर्ण जितेको अर्जेन्टिना पाँच अंकका साथ अन्तिम छनोटमा पुग्यो। पाराग्वे सात अंक जोडेर शीर्ष स्थानमा रहेर ओलम्पिकमा पुग्न सफल भयो।

सेतोपाटी