म्याग्दीको बेनी नगरपालिका–५ चुत्रेनीमा रहेको बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई अर्जुन सरको कोरियन भाषा सेन्टरका प्रशिक्षक र विद्यार्थीलपोशाक र पानी तताउने किल्टी सहयोग गरेका छन् ।

विद्यालयमा रहेका २० विद्यार्थीहरुलाई २५ हजार बराबरको प्रति विद्यार्थी एक सेट ट्रयाक सेट र एक वटा पानी तताउने किल्टी सहयोग गरिएको रिजन खत्रीले जानकारी दिनुभयो ।

भाषा सेन्टरका भाषा प्रशिक्षक सन्दिप भण्डारी, विद्यार्थीहरु रिजन खत्री, सुवास भुजेल, रोशन शेरचन, याम घर्ति मगर, सागर बस्याल, अनिल किसान र तारामान सिर्पालीले रकम उठाएर उक्त सहयोग गरेको खत्रीले बताउनुभयो ।

Leave a Reply