---Advertisement---

बेनीमा बुधबार शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम हुने

On: February 13, 2024 3:24 PM
Follow Us:

म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबार सदरमुकाम बेनीमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । म्याग्दी उवासंघको सभाहलमा आयोजना गरिने कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरुको उपस्थिति रहने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए ।

बेनीमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) शाखाको सहयोगी रहेको कार्यक्रमकमा वित्तिय प्रणाली, धितोपत्रबजारको महत्व, धितोपत्रबजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीयविवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमालगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, लगानीगर्दा हुने फाइदाहरू, प्राथमिकवजार र दोस्रो शेयर बजारमाकारोबारकागर्दा थाहापाउनुपर्ने वित्तीयविवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराइने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

उनले सेयर बजारसँग सम्बन्धि जानकारी लिनका लागि यो कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन् । म्याग्दीमा भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) ले शाखा स्थापना गरेपछि सेयरको कारोबारकर्तालाई थप सहज भएको छ ।

सेयर बजारका बारेमा सामान्य जानकारी समेत नभएकाहरू सिधै लगानी गर्दा धेरैको लगानी समेत जोखिममा पर्ने सम्भावनालाई मध्यनजर गरी आगामी दिनमा समेत सचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा सहजीकरण गर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ।