अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति पर्बतले  २९ औ जनयुद्ध दिवसको अवसरमा मंगलबार जलजला गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता गरेको छ ।

जलजला गाउँपालिका–३ मल्लाजको विद्याज्योती माविमा भएको कार्यक्रममा जलजलाका १२ वटा मावि मध्य  २  वटा संस्थागत सहित १० वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा अमृत आदर्श प्याराडाइज एकेडेमीका करण परियार, सम्मान थापा र एन्जल परियारको समूह प्रथम, श्रीकृष्ण भवन धर्म माविका कुशल आचार्य, कबिराज आचार्य र पूर्णमा आचार्यको समूह दृतीय भए ।

फर्से धाइरीङ माविका प्रवेशिका पौडेल, सोनिया खाती, समिप आचार्य र ज्योती मण्डल माविका सचिन पाइजा, हेबिना चोचाङ्गी र रोशनी नेपालीको समूह तृतीय भएका छन् । प्रथम, दृतीय र तृतीय हुनेलाई प्रमाणपत्र सहित नगद रु. ७ हजार ५००, रु. ६ हजार र रु. ४ हजार ५०० प्रदान गरिएको छ ।

सोही कार्यक्रममा जलजला–७ निवासी जनयुद्धका सहिदका परिवार केशव जैसी, नन्दलाल अधिकारी, दुर्गादत्त आचार्य र रेशमलाल आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अखिल क्रान्तिकारी पर्वतका कार्यालय सदस्य तथा मोदी गाउँपालिका अध्यक्ष सन्तोष चापागाईंको सञ्चालन र जिल्ला उपाध्यक्ष नबिन अधिकारीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रीय उपमहासचिब बिजय प्रकाश सापकोटाको प्रमुख आतिथ्यता, संगठनका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेल, नेकपा ( माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य लोकराज आचार्य (सौगात),  नेकपा (माओवादी केन्द्र) जलजला गाउँपालिका कमिटी अध्यक्ष तथा जलजला गाउँ कार्यपालिका उपाध्यक्ष दिपक आचर्यको बिशिष्ट आतिथ्यता र विद्याज्योति माबिका प्राध्यापक रघुनाथ आचार्यको स्वागत मन्तब्यमा कार्यक्रममा सम्पन्न भएको थियो ।

वक्ताहरुले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि माओवादीको अगुवाइमा २०५२ फागुन १ देखि नेपालमा दश वर्ष चलेको जनयुद्धले समाजमा चेतनाको विगुल फुकेको, संविधानमा नागरिकको अधिकार सुरक्षित भएको बताउनुभएको थियो । जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै जनताको जिवनस्तर सुधारमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

Leave a Reply