पोखरामा करोडौंको सुन र नगद समातियो

कास्की प्रहरीले ठूलो परिणाममा सुनका गहना र नगदसहित एक भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले पोखराको मोहरियाटोलमा भाडा गरि बस्दै गरेका सुरजित भौमितको कोठाबाट करिव ७ केजी सुन, ६० लाख नगद, ६ केजी चाँदी, करिव ६० लाख रुपैयाँ बराबरको चेक बरामद गरेको हो ।
बरामद सुन, पैसा तथा अन्य सामाग्रीसहित निजलाई बुधबार राजस्व अनुसन्धान बिभागको जिम्मा लगाइने कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
Previous articleलगानीकर्ताले भने,’राष्ट्र बैंकको गलत नितिका कारण सेयर बजारले बाटो बिरायो’
Next articleआज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै