---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग

On: February 14, 2024 9:13 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउने गलत संस्कारलाई सन्देश दिन बेनी अस्पतालकी स्टाप नर्स देवना केसीले जन्मदिनमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न गरी मनाएकी छन् ।

बेनी नगरपालिका-९,घर भई बेनी अस्पतालमा स्टाप नर्सको रुपमा कार्यरत केसीले परिवारको उपस्थितीमा साढे ६ हजार बराबरको खाद्यान्न साम्रागी बालगृहका कर्मचारी सुजन केसीलाई हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरणमा जन्मदिनमा फरक र उर्जा प्रदान गर्ने कार्यक्रम गरी मनाएकोमा धन्यवाद दिइएको थियो ।

जन्मदिनलाई समाजमा सकारात्मक सन्देश फैलाउने गरी मनाउने उदेश्यले बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई सहयोग गरेको केसीको रिजाललको भनाई थियो । बालगृहमा रहेका बालबालिकालाई ब्यक्तिगत एवम् संस्थागत रुपमा विभिन्न माध्यमबाट सहयोग गर्ने गरिएको छ । म्याग्दीमा पछिल्लो समय जन्मदिनको अवसरमा विभिन्न संघसंस्था र ब्यक्तिलाई सहयोग गर्ने गरिएको छ ।