---Advertisement---

बेनीमा शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम, लगानीकर्ताको गुनासै गुनासो

On: February 14, 2024 9:55 PM
Follow Us:

म्याग्दी उद्योग बाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा भिजन सेक्युरिटिजको सहकार्यमा बुधबार बेनीमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा धितोपत्रबजारको महत्व, धितोपत्रबजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमालगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, लगानीगर्दा हुने फाइदाहरू, वित्तिय प्रणाली,प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी गराईएको थियो ।

नेपाल धितोपत्र बोर्डका निर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा म्याग्दीका उद्योगी, ब्यापारी, लगानीकर्ता, वित्तिय संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा जिज्ञासा राख्ने अधिकांसले राजनीतिक र नियमक निकायको कमजोरीले सेयर बजार खस्किएको बताएका थिए ।सेयर बजारका बारेमा सार्वजनिक हुने नकारात्मक निर्णय र राज्यका निकायहरुबाटै हुने बदमासीले समेत लगानीकर्ता मारमा परेको गुनासो गरिएको थियो । शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा नहटाएसम्म अबस्थामा सुधार नआउने लगानीकर्ताको भनाई छ ।

अब आउने राष्ट्र बैङ्कको मौद्रीक नितिमा सेयर बजारलाई पुरानै लयमा फकिर्ने वातावरण बनाउन राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउने र नयाँ र पुराना लगानीकर्तामा आशा जगाउने गरी दवाव सृजना गर्नुपर्ने बताइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पुँजीबजारको समस्या समाधानको लागि सरकार,नियमनकारी निकायर लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।धितोपत्र बजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूका बारेमा आगामी दिनमा समेत विभिन्न कार्यक्रमहरुमार्फत सचेतनामुलक अभियान सञ्चालन गर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

म्याग्दीमा भिजन सेक्युरिटिज (ब्रोकर नं.३४) ले शाखा स्थापना गरेपछि सेयरको कारोबारकर्तालाई थप सहज भएको छ ।कार्यक्रमको अध्यक्षता तथा स्वागत संघका अध्यक्ष कटुवाल र सञ्चालन बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले गरेका थिए ।