---Advertisement---

दिवंगत साथीको स्मृतिमा पुर्व विद्यार्थीद्धारा छात्रवृत्ति वितरण

On: February 14, 2024 10:12 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर छात्रवृत्ति वितरण गरेका छन् ।

वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको स्मृतिमा स्थापना गरेको कोषबाट बुधबार विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा छावृत्ति वितरण गरेका हुन् ।वि.स. २०७९ को कक्षा १२ को बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याएकी एलिना बिकलाई रु. चार हजार, नगर स्तरीय कक्षा ८ को परिक्षामा सर्वोकृष्ट नतिजा ल्याएकी सिम्रन बिकलाई रु. तीन हजार र प्रमाणपत्र वितरण गरिएको सरोज स्मृति कोषका अध्यक्ष योगराज शर्माले बताउनुभयो ।

कोषबाट अर्जुन माविका ४ जना विद्यार्थीहरुलाई सरोज स्मृति जेहेन्दार छात्रवृत्ति र ८ जनालाई सरोज स्मृति विपन्न लक्षित छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष शर्माले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा अध्यक्ष यामबहादुर कार्की लगायतले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।