अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मृर्गौला र आगलागी पीडितलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग

On: February 14, 2024 10:24 PM
Follow Us:

म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो ।

निस्कोट घर भई हाल पोर्तुगलमा कार्यरत सबिन्द्र पुन मगर (साजन )र ओमराज पुन मगरको नेतृत्वमा संकलित सो रकम नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव पत्रकार साधन राम्जालीले बुधबार एक कार्यक्रमका विच पीडितद्धय रोका र पुनलाई हस्तान्तरण गर्नुभयो । आगलागी पीडितलाई दैनिक जिविका चलाउन सहज बनाउन र मृर्गौला रोगबाट पीडित रोकाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले पोर्तुगल स्थित बुइज्निन्क इन्टरनेशनल कम्पनीमा कार्यरत एक सय ५४ जना नेपालीहरुबाट सो रकम संकलन गरिएको सबिन्द्रले बताउनुभयो । साथै उहाँले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

माघ २० गते दिउँसो साढे तीन बजेको समयमा जीतबहादुरको घर अचानक आगलागी भएर नष्ट हुँदा एघार लाख रुपियाँ बराबरको क्षती भएको छ । गोठमा बस्दै आउनुभएका पीडित पुनको परिवारलाई स्थानीय जनकल्याण युवा क्लबले १५ हजार ,वडा कार्यालयले ६५ हजार रुपैयाँ बराबरको राहत सामाग्री,रेडक्रस,प्रवासमा रहेका निस्कोटबासी र स्थानीयबासीले आर्थिक र राहत सामाग्री सहयोग गरिरहेका छन् ।

दुवै मृर्गौला फेल भएका ३१ वर्षिय रोकाको मंसिरदेखि पर्वत अस्पतालमा नियमित डायलायसिस भइरहेको छ । उहाँका बुबाआमा, दुई छोरा र श्रीमती हुनुहुन्छ । अहिलेसम्म उपचारमा करिब करिब ६ लाख रुपियाँ खर्च भइसकेको मृर्गाैला पीडित रोकाको भनाई छ ।