म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट एक यूवालाई प्रहरीले ४ किmलो ४६ ग्राम जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

बेनी नगरपालिका वडा नं ८ कालिपुलमा शुक्रबार दिउँसो शंकास्पद अवस्थामा हिडिरहेका मालिका गाउँपालिका–२ रुमका ३४ बर्षिय तिलक विकको खानतलासी गर्दा झोलामा चरेश फेला परेको प्रहरी निरिक्षक एंव सूचना अधिकारी कुमार गुरुङले बताए ।

प्रहरीका अनुसार चेकजाँचको क्रममा संकास्पद रुपमा हिडिरहेका विकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।अभियुक्त विकलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दा दायर गरी अनुसन्धान गरिने जनाइएको छ । पश्चिम म्याग्दीबाट लुकिछिपी लागूऔषध तथा पदार्थको ओसारपोसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको थियो ।

पछिल्लो एकदशक यता रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशको भारीमात्रामा चरेस फेला परेको थियो भने प्रहरीले सूचनाको आधारमा गाउँमै पुगेर समेत बरामत गरेको थियो । म्याग्दीमा पछिल्लो समेत कुलतमा फस्ने यूवापुस्ताको संख्या ह्वात्तै बढेको छ।

जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ । पश्चिम म्याग्दीबाटछिमेकी जिल्ला बागलुङ जोड्ने नाकाबाट समेत चरेस बाहिरिने प्रहरीको भनाई छ ।

Leave a Reply