छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड जलजला शाखाले आम्दानीको स्रोत बन्दै गएको च्याउ खेती सम्बन्धि तीनदिने आधारभुत तालिम सञ्चालन गरेको छ । बजारमा प्रसस्तै माग रहेको च्याउको ब्यवसायीक उत्पादनलाई प्रोत्साहन गर्न छिमेकी लघुवित्तले पर्वतको जलजलाका ३५ जनालाई तालिम दिएको शाखा प्रबन्धक लक्ष्मण पाठकले बताए ।

उनका अनुसार कन्य च्याउको तालिम सञ्चालन गरी माटो र हावापानी सुहाउँदौ अन्य प्रजातिको च्याउका बारेमा समेत तालिम र ब्यवहारिक ज्ञान दिइएको थियो । समुहमा कर्जा प्रवाह मात्रै नभई सदस्यलाई सामाजिक उत्तरदाहित्व अन्तरगत आवश्यकता अनुसारको तालिममा समेत सहजीकरण र सहयोग गर्ने गरिएको छ।

पर्वतबेनी र बेनीबजारमा खपत गर्न सकिने बजार भएकाले च्याउ खेतीको तालिमले सहज भएको सहभागीले बताएका छन्। च्याउ तालिमसँगै संस्थाले आवश्यकता अनुसार भविस्यमा समेत थप अन्य प्रोत्साहनका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाएको छ । तालिमको प्रशिक्षण जलजला गाउँपालिकाका नायब प्राविधिक सहायक जिवन लामाले गरेका थिए ।

प्रशिक्षक लामाले च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको बताए । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ। च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ। तालिममा सहभागीले तरकारी खेतीका लागि आधुनिक सीप सिक्ने अवसर पाएको बताए ।

च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो। च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ। यसमा सबै प्रकारका एमिनो एसिड लगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त खनिज पदार्थ, चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ।

 

Leave a Reply