म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृतिमाध्यमिक विद्यालयबाट सहभागीभएर राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकजितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमानगद सहित सम्मान र पुरस्कृत गरिएको हो ।
मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा भलिबलतर्फ स्वर्ण पदकबिजेता खेलाडीहरुलाई जनहीनगद रु ५ हजारको साथमा सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो । छात्रा भलिबलतर्फ सहभागीभएकाअञ्जना छन्त्याल, देनिशा छन्त्याल, रेजिना छन्त्याल, लालमायाँसिर्पाली, यामुना छन्त्याल, कृति छन्त्याल र पृती छन्त्याललाई जनहीनगद रु ५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यसैगरि उत्कृष्ट खेलाडी बन्न सफलअञ्जना छन्त्याललाई थप रु ५ हजार १सयनगदसहितभलिबल र नेट पुरस्कार प्रदानगरिएको छ ।
उत्कृष्ट खेलाडी अञ्जनाले आफुले पुरस्कारको रुपमापाएको नेट र बल विद्यालयलाई नै प्रदानगर्नुभएको छ । प्रतियोगितामा ३ हजार मिटर दौडमा रजतपदकबिजेतादिनेश सिर्पाली र ८ सय मिटर दौडमा रजतपदकबिजेताआस्थापुर्जालाई जनहीनगद रु ४ हजार ५ सय तथाचार सय मिटर दौडमा कास्यपदकबिजेता रोजीगर्बुजा र सटपुटमा कास्यपदकबिजेता देनिशा छन्त्याललाई जनहीनगद रु ४ हजार १ सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा सहभागीभएकासिल्पालाम्गरे, बिमलासिर्पाली, निकिता छन्त्याल, सुदिप छन्त्याल, बिमल रसैली र देउ बहादुर सिर्पालीलाई जनहीनगद रु दुई हजारको दरले सान्त्वना पुरस्कार प्रदानगरिएको छ ।
मल्कबाङ समाज युकेले विद्यालयलाई नगद रु ३६ हजार बराबरको रंगीन प्रिन्टर समेत उपलब्ध गराएको छ । सोहीअवसरमाहालकतारमा रहनुभएकायुवा रबिन्स छन्त्यालको पहलमाविद्यालय सहयोगअभियानअन्तरगत सहयोग संकलन गरेर विद्यार्थी खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । उक्त अभियानबाट स्वर्ण पदकबिजेता सातजना खेलाडीलाई जनहीनगद रु २ हजार ५ सय, रजतपदकबिजेतादुई जनालाई जनहीनगद रु २ हजार र कास्यपदकबिजेतादुई जना र छात्रा भलिबलकाउत्कृष्ट खेलाडी एक जनालाई जनहीनगद रु १ हजार पाँच सय नगद पुरस्कार प्रदानगरिएको छ ।

उक्त अभियानबाट विद्यालयलाई रु १५ हजार बराबरको शैक्षिक सामाग्री, ३ हजार ३५९ बराबरको सरसफाई डस्बीन, रु ६ हजार ६ सय बराबरको घडी समेत उपलब्ध गराईएको छ । उक्त अभियानबाट अर्धबार्षिक परिक्षाको पुरस्कार रु ६ हजार र ढुवानी रु १ हजार समेत उपलब्धभएको विद्यालयले जनाएको छ ।
सोहीकार्यक्रममाहाल अष्ट्रेलियामा रहनुभएकायनदेवी छन्त्याल, भिमकुमारी छन्त्याल र कृष्ण बहादुर छन्त्यालबाट विद्यालयलाई रु ३० हजार बराबरको केलकुदका सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्याल, गाउँपालिकाकाशिक्षायुवातथा खेलकुदशाखाकाप्रमुखख्यामराज सुवेदीलगायतले विद्यालयव्यवस्थापन समितिकाअध्यक्षदलमान छन्त्याल र प्रअ सतेन्द्रकुमार यादबलाई उक्त सामाग्री हस्तान्रतण गर्नुभएको थियो ।
उक्तअवसरमाधवलागिरि गाउँपालिका–५ को वडा कार्यालयले विद्यालयको अतिरिक्तक्रियाकलापमा सहयोग पु¥याउनपोडिएम सहयोग गरेको छ । मल्कबाङ समाज युकेका अध्यक्ष शेरबहादुर छन्त्यालले उक्तकार्यक्रममा एक लिखित सन्देश पठाएर विद्यार्थीहरुको खेलप्रतिभाको सम्मान र थपहौँसलाप्रदानगर्नको लागि समाजले उक्तनगद सहित सम्मान गरेको बताउनुभएको थियो । ‘‘विद्यालय सबैको साझा र अत्यावश्यक ठाउँ हो, आजविश्वकाजुनसुकै ठाउँमा पुगेपनिहामीले विद्यालय र गाउँको मायालाई संधै शिरमा राखेर हिडेँका छाँै, विद्यालयको गुणस्तर र पुर्वाधार विकासमा सबैको साझा सहकार्य निरन्तर आबश्यक छ,’’– मल्कबाङ समाज युकेका अध्यक्ष छन्त्यालको सन्देशमाभनिएको छ ।
कार्यक्रममाबोल्दै वडाअध्यक्ष छन्त्यालले जनजागृतिमाविले खेलकुद क्षेत्रमाविस्तारै प्रगतिगर्दै गएको बताउँदै प्रवासीहरुले विद्यार्थी खेलाडीहरुको हौँसला बढाउन गरेको योगदान प्रसंसनीय रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार पहिलो प्राथमिकतामा रहेको बताउँदै यसको लागि समेत सबै क्षेत्रबाट रचनात्मक साथ, सहयोग र सहकार्य हुने विश्वास व्यक्तगर्नुभयो । गाउँपालिकाकाशिक्षा, युवातथा खेलकुदशाखाकाप्रमुख सुवेदीले दुर्गम गाउँमा रहेको यस विद्यालयले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरुको खेलकुदक्षमताको विकास र विद्यालयको भौतिकपूर्वाधार निर्माणमा प्राप्त गरेको उपलब्धीले शैक्षिकउन्नयनमा महत्वपूर्ण योगदानदिनेमाजोड दिनुभयो ।
विद्यालयव्यवस्थापन समितिकाअध्यक्षदलमान छन्त्यालले विद्यालयको शैक्षिक, भौतिक र खेलकुद क्षेत्रको विकास पहिलो प्राथमिकतमा रहेको बताउँदै सबै सरोकारवालाको साथ, सहयोग र सहकार्यले विद्यालयकालक्ष्यहरु पुरा हुने विश्वास व्यक्तगर्नुभयो ।विद्यालयकाप्रअ सतेन्द्रकुमार यादबले राष्ट्रपति रनिङ शिल्डमा पदकबिजेता खेलाडीहरुलाई मल्कबाङ समाजकाअध्यक्ष शेर छन्त्याल र कतारमा रहनुभएका रबिन्स छन्त्यालको नेतृत्वमाविद्यालय सहयोग अभियानबाट नगद सहित पुरस्कृत गर्ने वातावरण तयार गरेकोमा सबै सहयोगदाताहरुलाई धन्यबाददिनुभयो ।

उहाँले विद्यालयले जति नै मेडल जितेपनिदुबै जनाअभियन्ता र सबै सहयोगदाताको सहयोग विनाविद्यालयले विद्यार्थी खेलाडीहरुलाई यसरी हौँसला बढाउन सक्ने क्षमतानहुने बताउँदै विद्यालयको शैक्षिक सुधारको अभियानमा समेत सबैको रचनात्मक साथ र सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रममामल्कबाङ समाज युकेले विद्यालयको शैक्षिकउन्नयनमा महत्वपूर्ण योगदानदिएकोमाविद्यालयकाप्रअयादबलाई कदर पत्रद्धारा सम्मान गरेको थियो भने विद्यालयले उत्कृष्ट शिक्षकको रुपमामनसाकाफ्लेलाई कदरपत्रद्धारा सम्मानगरिएको छ ।

त्यसैगरि विद्यालयकापहिलो आजिवन सदस्यनन्दकुमारी छन्त्याल सहित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयको तर्फबाट व्यवस्थापकियजिम्मेवारीमा खटिएका तेजप्रसाद शर्मा, कृष्णकुमार आदब र कल्पना सुवेदीलाई विद्यार्थीहरुलाई उच्चमनोबलका साथप्रतियोगितामा सहभागी गराउन रचनात्मकभूमिका खेलकोमा सम्मानगरिएको थियो ।

कार्यक्रममा लेखापालतिर्थकुमारी छन्त्यालले आम्दानीखर्च विवरण सार्वजनिकगर्नुभएको थियो भने शिक्षकअभिभावक संघका अध्यक्षजगमानविक, सहायकप्रअ तेजप्रसाद शर्मा, शिक्षककल्पना सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो भने शिक्षकशान्तिपुनले स्वागत र मनसाकाफ्लेले सञ्चालनगर्नुभएको थियो । कार्यक्रममाविद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
मल्कबाङ समाज युकेद्धाराजनजागृति माविबाट एसइईमाउत्कृष्ट अंकल्याउने विद्यार्थीलाई प्रदानगरिने मोतिलाल पुरस्कारको लागिमोतिलाल कोष खडा गरिएको जनाइएको छ । उक्त कोषमाहाललाई रु ४ लाखको कोष जम्माभएको र कोषको रकमबाट हरेक बर्ष एसइईमाउत्कृष्ट अंकल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने कोषका संरक्षक शेर छन्त्यालले जानकारी दिनुभयो । उक्त कोषमा शेर छन्त्याल, बिर छन्त्याल र पुर्ण छन्त्याल संरक्षक रहनुभएको छ जगेन छन्त्याल, यामप्रसाद छन्त्याल, उत्तम छन्त्याल सदस्य रहनुभएको छ ।

 

 

Leave a Reply