म्याग्दीको बेनी नगरपालिका-७,महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको ३४ औं बार्षिकोत्सवको अवसरमा सांगीतिक प्रस्तुत दिन काठमाण्डौबाट आएका चर्चित गायक प्रकाश दुतराजको प्रस्तुतीमा अभिभावकभन्दा विद्यार्थी झुमेका थिए ।

कलिला विद्यार्थीले समेत गायक दुतराजसँगै गीत गाउँदै नाँचे । दर्शकहरुलाई गीतमार्फत् आफूँतिर ताने र दर्शकहरू पनि सांगितिक माहोल बनाउन सक्ने गायक भित्र पर्छन दुतराज । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका दुतराज माउण्ट एभरेष्टको शैक्षिक पोशाकमै स्टेजमा पुगेका थिए ।

पूर्व विद्यार्थीको सम्मान ग्रहण तथा प्रस्तुतीका लागि आएका दुतराजलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितका अतिथिका साथै विद्यालयका सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठ, प्रिन्सिपल राजु केसी लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

पछिल्लो समय स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रममा अति ब्यस्त रहेका गायक दुतराजका हरेक प्रस्तुती बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ। सबै उमेर समुहका दर्शकलाई सहाउँदो प्रस्तुती दिने गरेकाले पनि दुतराजलाई अहिले सांगीतिक कार्यक्रममा जान भ्याइनभ्याई छ ।

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका दुतराजले रिमै, घर कता हो बैनीको, लाहुर जाने रेलैमा, आरने, बैनी झ्यालैमा, चोली मैलै भो लगायतका गीतहरु निकै लोकप्रिय छन् । नेपालमा फरक स्वादका गायक भनिने गायक दुतराज म्याग्दीका महोत्सवका साथै गाउँघरमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा समेत आउने गरेका छन्।

उनले म्याग्दीका हुने कार्यक्रमहरुलाई सकेसम्म नछुटाउने बताउँछन् । यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ । आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको दुतराज बताउँछन्।उनले गृह जिल्ला म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने समेत उद्घोष गरे ।

Leave a Reply