म्याग्दीको बेनी नगरपालिका वडा नं ७ महारानीथानमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शैक्षिक इतिहासमा संस्थागत विद्यालयको योगदान रहेको बताए । हरेक विद्यालयले विद्यार्थीका लागि बिभिन्न रचनात्मक कार्यक्रम ल्याई विद्यार्थीहरूलाई उत्प्रेरणा र प्रोत्साहनका कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, शिक्षा तथा विकास समन्वय इकाई प्रमुख दल थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदर कुँवर, बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रवक्ता रमेश कुमार श्रेष्ठ, प्याब्सन म्याग्दीका सचिव दीपक सुवेदी, म्याग्दी उधोग वाणिज्य संघका अध्यक्ष, बेल बहादुर कटुवाल तथा सम्मानित पूर्व विद्यार्थी एवम् कलाकार प्रकाश दूतराज सहित अन्य विशिष्ट अतिथिको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक राजु केसीले गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठले अभिभावकको विशिष्ट सामीप्यता नै विद्यालयले ३४ औँ वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै म्याग्दीको शैक्षिक धरोहर एवम् प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित विद्यालयलाई अझै माथी पुर्याउने बताए । २०४७ सालमा स्थापना भएको यस विद्यालयले हाल प्लस टु सम्म विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारी विद्यालयले पूर्व विद्यार्थी एवम् चर्चित राष्ट्रिय कलाकार प्रकाश दूतराज, पूर्व विद्यार्थी एवम् राष्ट्रिय खेलाडी मार्सल गर्बुजा, पूर्व विद्यार्थी एवम् यस बष नियुक्त हुनुभएका प्रहरी सहायक निरीक्षक असई अनिस अर्मजा, पूर्व विद्यार्थी एवम् शैक्षिक वर्ष २०७९ सालमा सहभागी भई एसइइमा सचिवालयका तर्फबाट उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी त्रिलोचन रिजाललाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा १० बर्से लगातार अध्यापनरत शिक्षक, खेलाडी, सांस्कृतिक कार्यक्रमका उत्कृष्ट प्रतियोगी लगायत बिभिन्न विधामा सहभागी भई प्रथम, द्वितीय, तृतीय, लगायत उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल सहित प्रमाणपत्र बितरण गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न मनमोहक सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार एवम् पूर्व विद्यार्थी प्रकाश दूतराज विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो । बार्षिकोत्सवको अध्यक्षता श्रेष्ठ, स्वागत शैक्षिक निर्देशक केसी र कार्यक्रम सञ्चालक शिक्षक राम प्रसाद सुवेदी, रस्मिता बिक तथा अन्जु मल्ल शाहीले गरेका थिए ।

Leave a Reply