पहिलो वैवाहिक वर्षगाँठको अवसरमा जापानमा रहेका एक दम्पत्तीले गार्उँको विद्यालयका अध्ययनरत विद्यार्थीलाई शैक्षिक पोशाक सहयोग गरेका छन् ।

बेनी नगरपालिका वडा नं ३ राखु भकिम्ली घर भई हाल जापानमा रहेका प्रदिप घर्ती मगर र बर्षा गुरुङ घर्तीले गाउँमा रहेको चन्द्रोदय आधारभुत बिद्यालयमा अध्ययनरत २९ विद्यार्थीलाई करिब ३५ हजार बराबरको ट्याकसुट सहयोग गरेको विद्यालयकी प्रधानाध्यापक शान्त रानाले बताइन् ।

उनका अनुसार सहयोगदाता प्रदिपका बुबा डेकबहादुर र आमा तारा बुढाथोकी मगरले एक कार्यक्रम गरी उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोगदाता घर्तीले यसअगाडी समेत विद्यालयमा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै सहयोग गर्ने गरेको विद्यालयले जनाएको छ ।

Leave a Reply