म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी नगरपालिका-७ बिरेन्द्रचोकमा रहेको मितेरी लोकल मार्टमा म्याग्दी जिल्लामा उत्पादन हुने सयथरी अर्गानिक उत्पादन पाइन्छ । करिब एक दशक देखि हिमाली भेगका अर्गानिक उत्पादनको बिक्री वितरणमा सक्रिय कमलकुमारी पुनको क्याम्पसचोकबाट एक बर्ष अगाडी बिरेन्द्रचोकमा नयाँ ब्यवस्थापनका साथ सुरु गरेपछि बजार झनै फराकिलो भएको छ ।

म्याग्दीको हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री हुन्छ । लोकल मार्टबाट अर्गानिक बस्तु जापान, दक्षिण कोरिया, हङकङ,यूरोप, अमेरिका लगायतका देशमा कोशेलीको रुपमा पुग्छ ।

स्वदेशी बजारमा समेत अर्डरको भ्याइनभ्याई छ ।पसलमा हिमाली क्षेत्रमा पाइने भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको सञ्चालित कमलकुमारीले बताइन् । ‘स्वदेशी बजारमा पनि अर्डर आउन थालेको छ, विदेशीले घर विदामा आएको बेलामा कोशेली लैजान्छन्’ कमलकुमारीले भनिन् ।

उनले म्याग्दी जिल्लाको अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको बताइन् । म्याग्दी जिल्लामा भ्रमणमा आउनेहरुले समेत कोशेली उपहार लैदिने गरेको बताइन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने गरेको छ ।

किसानको खेतबारीबाट खरिद गरी लोकल मार्टमा ल्याएर अर्गानिक सामानलाई केलाउन, सुकाउन, प्याकेजिङ गर्न र बेच्नमा कर्मचारी समेत राखिएको छ । एकपटक अर्गानिक सामान प्रयोग गरेकाले पटकपटक अर्डर गर्ने गरेका छन् । अर्गानिक सामानका पारखीहरुको रोजाईमा पर्न थालेपछि आम्दानी समेत मनग्य रहेको छ ।

Adv

Leave a Reply