dav

म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना सदरमुकाम बेनीबजारमा भएको एक यूवाको हत्या प्रकरणमा जोडिएका पाँच नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

पाँच जनाको मंगलबार भएको थुनछेक बहस भएको रघुगंगा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय शुशिल गर्बुजाको चक्कु प्रहार गरि हत्या गरेको आरोप लागेका १७ जना मध्ये ५ जना नावालकलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश गरेको हो ।

जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डितलेपाँच जना नावालकलाई बयान गरेर र्पुपक्ष लागि सुधार गृहमा पठाउने आदेश दिएका हुन् ।

यो घटना गत माघ ११ गते बेनी नगरपालिका–८ मा साढे ६ बजे आसपासमा भएको घटना हो। घटनामा संलग्न भएकालाई प्रहरीले अनुसन्धान प्रतिवेदन र मिसिल फागुन ३ गते १७ जना विरुद्ध जन्मकैदको सजायको माग दावी सहित सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएपछि मुद्धा अदालतमा प्रवेश गरेको हो ।

अदालतमा उपस्थित भएका परिवर्तीत नाम ४३ (ब),४३(त), ४३ (फ),४३(भ),४३(ड)लाई सुधार गृहमा पठाउन आदेश भएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले बताए ।

‘उनीहरूलाई सुधारगृहमा राखेर अनुसन्धान हुन्छ, आरोपित बयस्कको थुनछेक बहस जारी छ’ श्रेष्तेदार रेग्मीले भने । घटनामा संलग्न ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका आरोपि फरार छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले नाम सार्वजनिक गर्न कानुनीले बर्जित गरेको छ । घटनामा १० जना बयस्क मध्य ८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।पाँच जनाको थुनछेक बहस सकिएको छ भने बाँकीको बुधबार सकिएपछि एकमुष्ठ आदेश हुने जिल्ला अदालत म्याग्दीले जनाएको छ ।

धवलागिरी गाउँपालिका–४,खिवाङका २१ वर्षीय अमृत पुर्जा,रघुगंगागाउँपालिका–७,चिमखोलाका १९ वर्षीय उत्सव पुन,रघुगंगा गाउँपालिका–२,का १८ वर्षीय सञ्जन खत्री,मंगला गाउँपालिका–२, का प्रविन जिसी,बेनी नगरपालिका–९ का १८ वर्षीय सविन राईको थुनछेक बहस भएको हो।

धवलागिरी गाँउपालिका–४ का २२ वर्षीय शंकर घर्ती,बेनी नगरपालिका–५का२४ वर्षीय सफल खत्री,जलजला गाउँपालिका–३ पर्वतका १८ वर्षीय शोहन बरुवालको थुनछेक बहस हुन बाँकी छ । बयस्क हरु मध्य मनिष तिलिजा र गगनबहादुर गर्बुजा फरार छन् । ३१ जना साक्षीहरुको बयान लिएको छ । ४ जना फरारको खोजीलाई तिब्रता दिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply