कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
गतबर्षको डिसेम्बर ६ तारिकमा अचानक बेहोस भई ढलेपछि उपचारको क्रममा अस्पतालले मृत घोषित गरेलगत्तै कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार र मोना कतार बहुउदेश्यीय अक्षय कोषमार्फत १ लाख ५७ हजार ३२३ सहयोग जुटाइएको थियो ।
उक्त सहयोगमा मोना अन्तराष्ट्रियले ५० हजार तथा अन्य सबै सहयोग कतारमा संकलन गरिएको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए ।उनले उक्त सहयोग बेनी सामुदायिक माविमा कक्षा ७ मा अध्ययनरत स्वर्गीय घर्तीकी छोरी कुशुम घर्ती मगरकी छोरी कुशुम घर्तीमगरको शिक्षादीक्षामा खर्च गर्ने गरी गरिमा विकास बैंकमा मुद्धतिमा राखिएको बताए । सहयोग ग्रहण गदैं स्वर्गीय घर्तीकी श्रीमतिले छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताइन् ।
उनले घरखर्च, कोठाभाडा तिर्ने पैसा नहुदाँ गिटी कुटेर, फलफुल बेचेर जीवन निर्वाह गरिरहेको बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठान म्याग्दीमा सचिव बिजुन खत्री, मोना कतारका संचार संयोजक हरिकृष्ण गौतम, मोना सचिवालकी प्रमुख स्मृति सुबेदी लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन मोना कतारका सचिव कमल खत्रीले गरेका थिए । ८ वर्षअघि कतार पुगेका घर्तीमगरको शब नेपाल पठाउन र थप सहयोग जुटाउन समेत मोना कतारले नेपाली दूतावासको सहकार्य गरी पठाएको थियो ।
यसैबीच स्वर्गीय घर्तीमगरकी छोरीको शिक्षादीक्षाका बारेमा मोना कतारका अध्यक्ष पौडेलले बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठ, सहायक प्रअ काशिराम रेग्मीसँग समेत जानकारी लिदैं विद्यालयमा लाग्ने खर्चहरू छुट तथा अतिरिक्त कक्षामा समेत सहयोग गरिदिन अनुरोध गरेका छन् । उक्त प्रस्तावलाई विद्यालयका प्रअ श्रेष्ठले सकारात्मक रुपमा लिदैं पढाइमा कुनै कमी नहुने र थप सुविधाहरुमा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।