म्याग्दीको सदरमुकाम बेनी कालिपुलबाट एक यूवालाई प्रहरीले ४ किलो ४६ ग्राम सहित प्रहरीको टोलीले पक्राउ ग¥यो । शुक्रबार दिउँसो शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२,रुमका ३४ बर्षिय तिलक विकलाई खानतलासी गर्दा झोलामा चरेश बरामद भयो ।

गाउँबाट चरेश लैजाँदै गरेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले यसबर्षकै ठूलो परिणाममा चरेश बरामत गर्न सफल भएको छ । पछिल्लो समय प्रहरीले समु्दायसँग मिलेर गाँजा फडानीको अभियानले पश्चिम म्याग्दीमा गाँजा र चरेश बनाउने र ओसारपसारमा कामी आएको बताइरहदाँ चार किलोभन्दा बढी बरामदीले प्रहरी समेत झस्किएको छ ।

Adv

पछिल्लो एकदशक यता जिल्ला प्रहरी कार्यालयको लागुऔषधमा बरामद भएको परिणाम र नियन्त्रणमा आएकोप्रतिवेदनलाई केलाउँदा डरलाग्दो तस्बिर देखिएको छ । दशक यता म्याग्दीका विभिन्न स्थानमा प्रहरीले चरेस सहित पक्राउ परेका अधिकांस पश्चिम म्याग्दीका छन् ।

लागूऔषध १० बर्ष (1)

ग्रामिण क्षेत्रबाट झारिने गाँजाचरेस पोखरा हुदै देशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतसम्म पु¥याउन बेनीबजारलाई ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा प्रयोग गरिरहेको देखिन्छ । चरेसको माग बढ्दै जान थालेपछि आर्थिक बर्ष २०७१÷०७२ देखि २०८०÷०८१ सालसम्मको तथ्याङ्कमा म्याग्दीबाट भारीमात्रामा गाँजा र चरेश बाहिरिन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

१० बर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागु पर्दाथ र लागु औषधको ओसारपोसारमा संलग्न ७८ जनालाई सामान सहित पक्रmाउ गरेको छ । केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

गाउँका तीनजना महिलालाई प्रहरीले पक्राउ गरेपछि म्याग्दीबाट चरेशको ओसारपसार हुन्छ भन्ने तथ्य सार्वजनिक भएको थियो । म्याग्दीमा जिल्ला बाहिरबाट भित्रिएको नुर्फिन,डाइजेपाम, फेनारगन र ब्राउन सुगर बाहेक जिल्लाबाट प्लाष्टिकमा टेपले बेरी पठाउने गरिन्छ । लागुऔषध र पर्दाथको प्रयोगकर्ता नै ब्यापारी हुने गरेको प्रहरीको भनाई छ ।

म्याग्दीमा खेतबारीमा ब्यवसायीक रुपमा गाँजा खेती नगरिएपनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रमा विषादी तथा रासायनिक मलको प्रयोग नगरी गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोष्ट मल प्रयोगबाट उत्पादित चरेसको माग धेरै रहेको प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूले बयान दिने गरेका छन् ।

जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भए पनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेस बनाउने सूचनाका आधारमा निरन्तर निगरानी राखिरहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। ‘प्रहरीले विगतका तथ्याङ्क हेरेर निगरानी गरिरहेको छ, पश्चिम क्षेत्रबाट बागलुङ हुदै समेत बाहिरिने गरेको अनुमान छ’ प्रनाउ कुँवरले भने ।

उनले समुदायमा प्रहरी अभियान अन्तरगत सचेत समुदायले प्रहरीलाई सूचना समेत दिने गरेको समेत बताए ।प्रहरीले प्रयोगकर्तालाई तयारी अवस्थामा लैजाने गरेको चरेश बरामद भएकाले ग्रामिण क्षेत्रमा चरेश बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल लगायतका औजार समेत रहेको दावी गरेको छ ।

ग्रामीण भेगमा गाँजा र चरेश भण्डारण गरेको संकास्पद क्षेत्रमा निगरानी बढाएकाले प्रहरीले सर्च अभियान नै चलाउने तयारी गरेको छ । म्याग्दीमा लागुऔषधको ओसार–पोसारका बारेमा दण्ड जरिवानाबारे जानकार नहुँदा पैसाको लोभमा परेर भरियाले काम गर्ने समेत गरेका छन् ।

File photo

Leave a Reply