नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी लगायत जनप्रतिनिधी, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिहरुको बुधबार अपराहन्न ५ः३० बजे सुरुङ जोडिएको थियो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए ।
Adv
“रघुगंगा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिट बाट १८९७ मिटर सुरुङ खनिएको छ,” उनले भने । “राहुघाटको कुल ६ हजार २७० मिटर मध्य हालसम्म ९४ प्रतिशत अथवा ५ हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।”
३५३ मिटर सुरुङ खन्न बाँकी छ । चार वर्षअघि देखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण शुरु गरिएको थियो । पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङ मध्य ३५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङ मध्य ७५ मिटर खनिएको छ । पिप्ले स्थित तेस्रो अडित देखि सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघिनै ‘ब्रेक थ्र‘ भएको थियो ।
Adv
सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च सफा्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । सर्ज सफा्ट देखि टप प्रेसर साफ्ट जोड्ने ५४१ मिटर मध्य ४८ मिटर खन्न बाँकी छ ।
टप प्रेसर सफट देखि भर्टिकल सर्ज सफट जोड्ने १७१ र भर्टिकल प्रेसर सफट देखि वटम प्रेसर सफट जोड्ने ३२९ मिटर सुरुङ यसअघिनै निर्माण भएको थियो । विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस मध्य २८ मिटर निर्माण सकिएको, ६३ मिटरमा काम भैरहेको र ३७ मिटर बाँकी रहेको छ ।
राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । “आगामी सन २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ,” उनले भने “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तिब्रता दिएको छ ।
” बाँध निर्माण स्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको हो। १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत भन्दा बढी सकिएको छ ।
विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।इलेक्ट्रोमेकानीकल सम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।
बि.स. २०७४ मंसिरमा रु. छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । जेपीका निर्देशक प्रविणकुमार सिंहले राहुघाट निर्माणलाई पूर्णता दिने प्रतिवद्धता जनाए । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले शंकाका बिच राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएकोमा खुसी व्यक्त गरे ।
परामर्शदाता कम्पनी वाकफोसका परामर्शदाता रमेश बाबुले दोस्रो र तेस्रो अडिटको टनेल जोडिएकोमा ठेकेदार, आयोजनालाई बधाई दिए । पहिलो र दोस्रो अडिट जोड्न बाँकी ३५१ मिटर सुरुङ आगामी जुन र ४८ मिटर बाँकी प्रेसर साफ्ट अप्रिल महिनामा ब्रेक थ्रु गर्ने कार्ययोजना बनाइएको छ ।
यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । सर्वोच्च अदालतको २०७८ असार २९ को आदेस पछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् रोकिदाँ आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतिका रुपमा देखिएको छ ।