म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालिपुलमा मदिरामा मातिएका एक चालकले बोलेरो जीप पेट्रोल पम्पको भान्सा कोठामा छिराएका छन् । अत्याधिक मदिरा सेवन गरी कालिपुलबाट गलेश्वरतर्फ जाँदै गरेको ग १ ज ७३३० नम्बरको बोलेरो जीपका चालक प्रदिपबहादुर सार्कीले सिधै पम्पका कर्मचारीले प्रयोग गर्ने भान्सा कोठामै छिराएका थिए ।

adv

रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेका चालक सार्कीको बोलेरोले भान्सा कोठा र आसपासका संरचनामा क्षती भएको पम्प सञ्चालक सुमन श्रेष्ठले बेनीअनलाइनलाई बताए । ‘चालक अचेत अवस्थामा थिए, केही सेकेण्डले कर्मचारी दुर्घटनाबाट बचेका छन्’ श्रेष्ठले भने । उनका अनुसार भान्सा कोठामा खाना पकाइरहेको अवस्थामा एक्कासी बोलेरो जीप ठोकिएको थियो । बुधबार राती करिब १०ः३० बजेको समयमा उक्त घटना भएको हो ।

चालक सार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको छ। सार्वजनिकस्थलमा मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई सार्वजनिक अपराध अन्र्तगत मुद्दा दर्ता गरि कारवाही गर्ने गरिन्छ । घटनाको थप अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडी बढाउने प्रहरीले जनाएको छ ।

सडकमा दुर्घटना न्यूनकरण गर्न स्थापित ट्राफिक कार्यालयले बजार क्षेत्रमा चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरेको नगरेको भन्ने चेकजाँच गर्ने गरेको छ । सामान्यता ट्राफिकले रातको समयमा पनि ड्यूटी गरिरहेको हुने तर शंका लागेमात्रै रोकेर मापसे सेवनको चेकजाँच गर्ने गरेको पाइन्छ ।

Leave a Reply