म्याग्दी जिल्ला अदालतले  सदरमुकाम बेनीबजारमा एक महिना अगाडी भएको सुशिल गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहिबार आदेश दिएको छ ।

दुई यूवा समुह बिचको ग्याङ फाइटमा रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय गर्बुजाको अन्धाधुन्ध खुकुरी प्रहारबाट ज्यान गएपछि घटनामा संलग्नहरूमध्ये प्रहरीले अदालतमा उपस्थित गराएका १३ जनालाई थुनछेक बहस पछि थुनामा पठाउन आदेश दिइएको हो ।

थुनछेकको बहसपछि जिल्ला अदालत म्याग्दीका न्यायाधीश प्रकाश प्रसाद पण्डितले थुनामा राख्न आदेश दिएका हुन्। १७ जना आरोपी मध्य १३ जनाको मंगलबार र बुधबार थुनछेक बहस गरि बिहिबार आदेश भएको म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताए । पुर्पक्षका लागि ८ जना बयस्कलाई कारागार र ५ जना नावालकलाई सुधार गृह पठाउन आदेश भएको थियो । आदेश अनुसार नाबालकलाई सुधार गृहमा पठाइसकिएको छ।

जिल्ला काराकारमा चलान हुनेमा धवलागिरी गाउँपालिका–४ का २२ वर्षीय शंकर घर्ति, २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, वडा नम्बर –२ का १८ वर्षीय सञ्जय खत्री, मंगला गाउँपालिका–२ का प्रविन जिसी, बेनी नगरपालिका–५ का २४ वर्षीय सफल खत्री, ९ का १८ वर्षीय सविन राई र जलजला गाउँपालिका–३ पर्वतका १८ वर्षीय शोहन बरुवाल छन् ।

Adv

सुधार गृह पठाइएकामा परिवर्तीत नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) रहेका छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनिहरुलाई सुधार गृहमा पठाउन आदेश गरिएको जिल्ला अदालतले जनाएको छ । ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका नावालक आरोपी फरार छन् । बयस्क हरु मध्य मनिष तिलिजा र गगनबहादुर गर्बुजा फरार छन् ।

फरारा भएकाहरुले अब सिधै अदालतमा आएर बयान दिन सक्छन् । उनीहरूलाई अदालतले ३५ दिने सुचना समेत जारी गर्छ भने घटनाको थप अनु्सन्धान पछि अन्तिम फैलसा हुनेछ । थुनछेक बहसमा अभियुत्तले फरार भएका तिजिला र गर्बूजालाई घटनाको मुख्य दोषीका रुपमा पोलेका थिए।प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरुको विरुद्धमा मुद्दा दर्ता गरेको थियो।

Adv 

गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जना विरुद्ध जन्मकैदको सजायको माग दावी सहित अनुसन्धान प्रतिवेदन र मिसिल सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको थियो । घटना घटेको करिब आधाघण्टासम्म प्रहरी घटनास्थलमा नपुगेर तिब्र आलोचना खेपेको अवस्थामा आरोपीलाई नियन्त्रणमा लिने र अनुसन्धानमा भने प्रहरीको कामबाट पीडित पक्ष समेत सन्तुष्ट देखिन्छन् ।

प्रहरीले घटना स्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सिसिटिभी फुटेज, सर्वसाधारणले खिचेका तस्विर र भिडियो लगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ। घटनास्थलमा गर्बुजाको हत्यामा संलग्न भएका तिलिजा र गर्बुजाको खोजीकार्यका लागि समेत प्रहरीको टोली सक्रिय छ ।

 

गर्बुजा हत्यामा ३१ जना साक्षीहरुको बयान लिएको छ । पुर्व रिसिइवीलाई हत्याको मुख्य कारण मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को (१) बमोजिमको कसुरमा माग दावी प्रमाणित भएमा वयस्कको हकमा जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ । परिवर्तित नामथरको हकमा बालबालिका ऐन २०७५ को दफा ३६ बमोजिम हुने गरि मागदावी गरिएको छ । गत माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि हत्या भएको थियो ।

 

Leave a Reply