नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठन म्याग्दीमा रहेका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । औषधि व्यवसायी गण्डकी प्रदेश चौथो स्थापना दिवसको उपलक्ष्यमा बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्य परीक्षणसँगै औषधि बितरण तथा आवश्यक खाद्यन्न सहयोग गरिएको जिल्ला शाखा अध्यक्ष शम्भुराज पाण्डेले बताए ।

बालगृहमा रहेका ९ जना बालबालिकाहरुको डा.बिद्या बानियाँले चेकजाँच,हे.अ. रोस्नी भण्डारीले अन्य प्राबिधिक सहयोग गरेको संघले जनाएको छ ।

Adv

उक्त अवसरमा बालबालिकालाई स्वास्थ्य सम्बन्धि अन्य सचेतनामुलक जानकारी समेत गराइएको थियो । कार्यक्रममा औषधि व्यवसायी संघका कोषाध्यक्ष कुमार बानियाँ, सदस्यद्वय केशबराज ढकाल र बिजय अधिकारीको उपस्थिती रहेको थियो ।

Adv

अभिभावक विहिन बालबालिकालाई आगामी दिनमा समेत स्वास्थ्य सहित विभिन्न सहयोग गर्ने संघले जनाएको छ । यता बालबालिकाको स्वास्थ्य परीक्षणको क्रममा देखिएको समस्या र औषधि सेवन लगायतका सुझावहरु कार्यान्वयन गर्ने बालगृहका कर्मचारी सुजन केसीले बताए । म्याग्दी जिल्लामा औषधि ब्यवस्था विभाग र स्थानीय तहमा जम्मा १५ वटा औषधि पसल दर्ता छन् ।

Adv

 

Leave a Reply