म्याग्दीमा उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर मालिका गाउँपालिका–५ देविस्थानमा आयोजित एक महिने आधारभुत फुटबल तालिम सम्पन्न भएको छ । म्याग्दी जिल्ला फुटबल संघसँगको सहकार्यमा देवताभिर युबा क्लब देविस्थानको आयोजनामा भएको तालिममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

Adv

 

तालिममा सहभागिलाई समापनको अवसरमा म्याग्दी जिल्ला फुटबल संघ का अध्यक्ष कुमार बानियाँ र कोषाध्यक्षमा ब्रजेश श्रेष्ठ र एन्फा प्रशिक्षक सञ्ज्य सिंहले प्रमाणपत्र वितरण सहित निरन्तर सहकार्यको प्रतिबद्धता जनाएका थिए ।

तालिममा आधारभुत अन्तरगत पर्ने सीप सिक्ने अवसर पाएको सहभागीको भनाई थियो । तालिम समापन कार्यक्रमको अध्यक्षता देवताभिर यूवा क्लवका अध्यक्ष दोरण फगामी, सञ्चालन पूर्व अध्यक्ष नविन बुढाथोकीले गरेका थिए । त्यस्तै प्रशिक्षण संयोजक उमेश फगामीले प्रशिक्षण अवधिभरका बारेमा जानकारी गराएका थिए ।

 

तालिममा एन्फाको मान्यता प्राप्त कोच संजय सिंह, फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले फुटबलका बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्थानीय बन उपभोक्ता समिति अध्यक्ष बुद्धिबहादुर फगामी, पूर्ब खेलाड़ीहरुको समेत उपस्थिती रहेको थियो ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिका बाहेक सबै स्थानीय तहमा फुटबल संघ गठन गरिएको छ । भौतिक पूर्वाधारको अभाव तथा अन्य प्रक्रिया समेत पूरा नहुदाँ गण्डकी प्रदेशमा ११ जिल्लामा म्याग्दी सहित पर्वत, म्याग्दी र मुस्ताङ अखिल नेपाल फुटबल संघ(एन्फा)मा आबद्ध नहुदाँ फुटबलका धेरै अबसरबाट बन्चित हुनुपरेको छ।

Leave a Reply