---Advertisement---

न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

On: February 24, 2024 8:37 PM
Follow Us:

गैरआवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर संघले न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थापना अपरीहार्य रहेकाले ज्ञापन पत्र बुझाएको गैर आवासीय नेपाली संघ न्युजिरल्याण्डका अध्यक्ष लाल केसीले बताए ।

२० हजारभन्दा बढी न्युजिरल्याण्डमा र प्रशान्त द्वीप क्षेत्रका करिब १० हजार गरी ३० हजारभन्दा बढी नेपालीको बासोबास रहेको छ । न्युजिरल्याण्डमा दुतावास स्थापना हुदाँ ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

अष्टेलियामा झण्डै १ लाख ५० हजार नेपालीहरु रहेको अष्टे«लियामा रहेको नेपाली दुतावासले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्न धौ–धौ रहेको अवस्थामा न्युजिरल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन भएकाले दुतावास स्थापनाको माग गरिएको अध्यक्ष केसीको भनाई छ ।

नेपालीले पासर्पोटमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासर्पोट बनाउन वा पासर्पोट नविकरण गर्न जाँदा अष्टे«लियाले सजिलै भिषा नदिदाँ धेरै नेपालीको बिचल्ली,खर्चिलो र अन्य समस्याहरूको तथ्य विवरण समेत प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको छ ।‘न्यूजिरल्याण्डबासीसँग नेपालीको राम्रो सम्बन्ध छ, हिमाल आरोहणबाट जोडिएको सम्बन्ध अहिले पनि बलियो छ’ अध्यक्ष केसीले भने ।

उनले दुतावासको स्थापनापछि न्युजिरल्याण्डको कृषि प्रविधिको आदान–प्रदान तथा त्यहाँबाट समेत नेपाली किसानले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले दुबै देश बिचको सहकार्यका लागि समेत दुतावास स्थापनापछि राम्रो भूमिका खेल्न सक्ने बताए । न्युजिरल्याण्डका पर्वतारोही सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालमा बर्षेनी पर्वतारोही आउने र पर्यटनको क्षेत्रमा समेत योगदान रहेको अध्यक्ष केसीको भनाई छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं त्यसैले न्युजिरल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं।’प्रधानमन्त्रीले न्युजिरल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि पहल गर्ने आश्वासन दिएको गैर आवासीय नेपाली संघ न्युजिरल्याण्डले जनाएको छ ।

यसैबीच टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।

कार्यक्रममा गैरआवसीय नेपाली संघका पूर्व केन्द्रिय सदस्य पशुपति भण्डारी, गैरआवसीय नेपाली संघ जापानका पूर्व अध्यक्ष रोशन केसी, गैरआवासीय नेपाली संघका पुर्व सदस्य डा.जीवन बानिँया, गैरअवासीय नेपाली संघ न्यूजिल्याण्डका सदस्य भवानी पन्त लगायतको उपस्थिति रहेको थियो ।