राष्ट्रिय सहकारी बैंकको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित दुई दिने सहकारी लेखा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ ।

म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित सहकारीको लेखा समितिका पदाधिकारी र प्रबन्धकलाई लक्षित गरी आयोजित तालिममा तालिममा लेखाको परिचय, आन्तरिक लेखा परिक्षण, बाह्य लेखा परीक्षण, संस्थागत शुसासन,, कानुनी पालना, लेखापरीक्षण अभ्यास, आन्तरिक लेखा परीक्षणका क्षेत्र, आन्तरिक कार्यविधि कार्यान्वयन, सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक राजकुमार बरालले सहजीकरण गरेका थिए । सहकारीका लागि लेखा समिति मेरुदण्ड जस्तै भएको बताउँदै सहकारीको लेखा समितिको काम कर्तब्य र अधिकारका बारेमा समेत जानकारी गराइएको थियो ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र समापन जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउनका लागि लेखा प्रणालीलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिएका थिए ।

लेखा सम्बन्धी तालिम लिएकालाई व्यवहारमा कार्यान्वयन गर्ने सहभागीको भनाई थियो।सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक यूवराज त्रिपाटीको अध्यक्षतामा भएको तालिमको सञ्चालन लोकदिप बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य बामदेव रिजालले सञ्चालन गरेका थिए । समापन कार्यक्रममा सहकारी म्यानेजर क्लव म्याग्दीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, सहकारी बैंक जिल्ला समन्वय समितिका प्रतिनिधि सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply