छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बेनी शाखाले तीनदिने सिपमुलक तालिम सञ्चालन गरेको छ । बेनी शाखाका सदस्य ग्राहकलाई आयर्आजनका सघाउने उदेश्यले हारपिक,साबुन,सरफ,फिनेल बनाउने तालिम दिइएको हो ।

बेनी नगरपालिका–९ वडा अध्यक्ष चक्रबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको तालिमको डिलप्रसाद फगाम ,सनिता पुर्जाले प्रशिक्षण दिएका थिए ।तालिममा ग्राहक सदस्य तथा अभिभावक ३४ जनाको सहभागिता रहेको थियो ।

छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ७ वटा प्रदेशमा तालिम विभाग गठन गरि बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकलाई सिपमुलक तालिम सञ्चालन गर्ने गरेको छ ।

तालिममा सहजीकरण शाखा प्रबन्धक लक्ष्मण पाठकले गरेका थिए । तालिम अवधिभरमा फिनेल,हारपिक,नुहाउने साबुन,लुगा धुने डल्ला साबुन,सरफ अथवा झोल साबुनको प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण गरेको थियो। छिमेक लघुबित्त बेनीसँग कुल ११ सय ५७ जना ग्राहक सदस्यहरू छन् ।

तालिममा सहभागीबाट उत्पादिन बस्तुहरु बजारीकरणमा समेत सदस्यहरुलाई सघाउने प्रतिबद्धता जनाइएको थियो । तालिमको अवसरमा ग्लोबल आई.एमई.लघुबित्तको शाखा प्रबन्धक अमृत सुरखाली, कर्मचारी प्रेम बिक, बिष्णु न्यौपाने,माया अधिकारी बस्नेत, रिता केसी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply