नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स विधाको डेब्यु खेलमै स्वर्ण रघुगंगा मावि राखुकी कञ्चन भण्डारी र प्रकाश माविक बेनीकी मुना गर्बुजाले स्वर्ण पदक जितिन् ।

गण्डकी प्रदेशका अन्य १० जिल्लाका प्रतिस्पर्धीलाई पछाडी पादैं भण्डारी र गर्बुजाले प्रदेशस्तरीय खेलमा पाइला टेकेको पहिलो खेलमै स्वर्ण पदक जित्न सफल भइन् ।

पदक विजेता भण्डारी रघुगंगा गापा–३ पिप्लेकी हुन भने गर्बुजा अन्नपूर्ण गाउँपालिका–८ ठुलोगाउँ घर भई बेनीमा बसेर अध्ययनरत छिन् । भण्डारीले ८ सय मिटर र गर्बुजाले सटफुटमा स्वर्ण जितेको एथलेटिक्स संघ म्याग्दीका अध्यक्ष बिनोद घर्ती क्षत्रीले बताए ।

उनले प्रतियोगिताको पहिलो दिनमा एथलेटिक्समा म्याग्दीको सुरुवातको संकेत राम्रो रहेको बताए । उनले प्रतियोगितामा कास्की लगायतका नियमित अभ्यास हुने जिल्लाका खेलाडीलाई समेत म्याग्दीले पन्छाएको बताए ।

शुक्रबार एथलेटिक्समा ३ स्वर्ण र १ रजत, २ काँस्य सहित ६ पदक हात परेको छ । दुईबर्ष अगाडी सहभागी भएपनि पदक विहिन भएकी रघुगंगा माविकै सविना विकले ४ सय मिटर दौडमा यसपटक स्वर्ण पदक जितिन् ।

उनी अघिल्लो पदक लामो दौडमा सहभागी हुने गरेकी थिइन भने यसपटक भने पहिलो दिनमै स्वर्णपदक जितेकी छन् । पदक विजेता विक सहित भण्डारी, गर्बुजा प्रतिस्पर्धा गर्ने अन्य बाँकी खेलहरु समेत छन् ।

जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मलिन रोकाका अनुसार प्रतियोगिताको पहिलो दिन मार्सल आर्ट अन्तरगत उसुमा विशाल बरुवाल, सञ्जन विक, प्रमिशा बानियाँले स्वर्ण पदक जितेका छन् भने उसुतर्फ जगत पाइजा, रसिका किसान,रोमी खत्री, सञ्जीव परियार,यूकेन तामाङ, यूरिड बुढाथोकीले रजत र एथलेटिक्स तर्फ कञ्चन भण्डारीले १५ सय मिटर, लिला आचार्यले आइजम्प, रसिना केसीले उसु, रविना छन्त्याल र रसिला बुढाथोकीले कराँतेमा काँस्य पदक जितेका छन् ।

तीनदिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन ७ स्वर्ण, ६ रजत र ५ काँस्य पदक जितेको खेलकुद विकास समितिका प्रशिक्षक रोकाले बेनीअनलाइनलाई बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगितामा खेलाडीको खेल अवधिभर कुनै समस्या हुन नदिने गरी ब्यवस्थापन गरिएको बताए ।

उनले म्याग्दीका खेलाडीलाई हैसला दिने गरी सबै ब्यवस्थापकीय तयारी भएको बताउँदै यसपटक भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा पदकतालिकामा शीर्ष स्थानमा रहने गरी खेलाडीले तयारी गरेको बताए ।

 

Leave a Reply