म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको आयोजनामा खेलाडी, कलाकार र ब्यवसायीलाई सम्मान गरिएको छ । फ्रान्समा रहेका म्याग्देलीको साझा संस्था मोनाका संस्थापक अध्यक्ष हेम बानियाँको रेन्टुरेन्टमा आयोजित कार्यक्रममा फ्रान्समा भलिबल लगायतका खेलमा सहभागी हुने खेलाडीका साथै कलाकार सिर्जना केसी र सुजिता हमाल, फ्रान्समा ब्यवसाय गर्ने हेम बानियाँ, पदम शेरचन,निवर्तमान सहसचिव महेन्द्र बोहोरा हालै मोना अन्तराष्ट्रियको यूरोप उपसंयोजक भएको अवसरमा बधाई ज्ञापन गरिएको थियो ।

मोना फ्रान्सले विभिन्न कार्यक्रममार्फत जन्मभूमि म्याग्दीमा समेत सहयोग गर्ने गरेको छ । मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले फ्रान्समा रहेका म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध भएर रचनात्मक कार्यहरुमा सहभागी हुन समेत सोही अवसरमा अनुरोध गरेका थिए । कार्यक्रमको सञ्चालनमा महेन्द्र बोहोराले गरेका थिए । सोही अवसरमा मोना फ्रान्सले आगामी दिनमा गर्ने कार्यक्रमहरुका बारेमा समेत छलफल गरेको थियो ।

 

Leave a Reply