अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

हेमबहादुर पुन स्मृति सि-लेभल ब्याडमिन्टन : सागर र दलप्रसादको समुह विजय

On: February 24, 2024 10:23 PM
Follow Us:

नेपाल मगर संघको ४२ औं स्थापना तथा एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर स्मृति म्याग्दी जिल्लास्तरीय सि–लेभल ब्याडमिन्टन प्रतियोगिताको उपाधी सागर थापा मगर र दलप्रसाद पुनको जोडीले जितेको छ ।

कालिपुलस्थित कर्बड हलमा आयोजित प्रतियोगितामा द्धितिय मोहन केसी र देबान थापा, तृतिय सचिन शाक्य, भरत थापा र ददिलाल किसान र राजन सुनारको जोडी भएको छ । प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेताले क्रमश नगद २०, १०, ३ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । दिवसको मुल समारोहको अवसरमा आगामी फागुन १५ गते पुरस्कार वितरण गरिने नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले बताए ।

प्रतियोगिताको उद्घाटन गदैं जिल्ला समन्वय समितिका अध्यक्ष राजकुमार थापाले मगर समुदालाई स्वार्थ समुहले विभाजन गर्न खोजेको बताउँदै एकता र सहकार्यबाट मात्रै मगर समुदायको हकहितका अभियानहरु बलियो हुने बताए ।उनले मगर समुदायका बारेमा पछिल्लो समय देखिएको भ्रमहरुबाट मुक्त भएर सबै मगरको आधिकारिक इतिहासले समेत सुम्पिएको जिम्मेबारी अनुसार मगर संघमा आवद्ध हुन समेत अपिल गरे ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले यूवापुस्ता गलत बाटोमा जाने जोखिमलाई मध्यनजर गरी सबै समुदायले सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने बताएका थिए । प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता लोकेश पुनमगर, स्वागत उपाध्यक्ष खम थापा मगर र सञ्चालन सचिव हिराबहादुर पुनले गरेका थिए ।