म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा दादुरा र रुबेला खोपसम्बन्धि समुदायस्तरमा जनचेतनामुलक अभियान सञ्चालन गरिएको छ ।

भुरूङ तातोपानी स्वास्थ्य चौकीले टोल–टोलमा पुगेर दादुरा र रुबेलाको संक्रमणका बारेमा जानकारी तथा खोप अभियान सञ्चालन हुने मिति, लगाउन आउनुपर्ने तालिका सहितको जानकारी गराइएको स्वास्थ्य चौकीले जनाएको छ।

अभियान अन्तरगत घरधुरी सर्वेक्षण तथा खोप लगाउने तालिका अन्तरगत फागुन १६ गते ठुलोबगर आमा समुह, १७ गते हिमालय आवि, १८ गते भुरुङ तातोपानी स्वास्थ्य चौकीमा खोप शिविर सञ्चालन गरिने छ । ज्वरो आउनु र शरीरमा राता बिमिरा देखापर्नु दादुरा र रुबेला रोगका मुख्य चिन्ह, लक्षण हुन्।

नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रूघा खोकीका लक्षण, चिन्हहरू पनि देखिन सक्छन भने रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वा दुस्ख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने लगायतका समस्या देखिन्छ ।

यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ । म्याग्दी जिल्लामा नौ महिनादेखि ५ वर्षका उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुदै छ ।

बालबालिकाले अभियानको अवसरमा दादुरा–रुबेला खोप लगाए पनि १५ महिनामुनिका बालबालिकाले नियमित खोप लगाउँदा दुई मात्रा पूरा गर्नुपर्छ। म्याग्दीका स्थानीय तहले जटिल समस्या नदेखिए बाहेक कुनैपनि बाहनामा यो अभियानमा आफ्ना बालबालिकालाई बन्चित बनाउने अभिभावकलाई सरकारी सेवासुविधा रोक लगाउने सम्मको चेतावनी समेत दिएका छन् ।

 

Leave a Reply