गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार एक कार्यक्रम गरी सम्मान गरिएको छ । जिल्लाको इतिहासमै पहिलोपटक प्रदेशस्तरीय सम्रग प्रतियोगितामा तेस्रो स्थानमा आएको म्याग्दीबाट सहभागि खेलाडीलाई आइतबार सम्मान गरिएको छ ।

गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा एकल र समुह इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक खेलका विभिन्न विधामा उत्कृष्ट प्रर्दशन सहित काँस्य पदक सहित प्रदेशमा खेलकुद विधामा उत्कृष्ट ३ भित्र पर्न सफल भएको हो । जिल्ला खेलकुद विकास समितिका खेलकुद प्रशिक्षक मलिन रोकाले म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जितेको बताए ।

प्रतियोगितामा एथलेटिक्समा ३ स्वर्ण, उसुमा ३, टेक्वान्डो २, कबडी छात्रामा १ स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।म्याग्दीबाट स्वर्णपदक बिजेता सबै र भलिबल तर्फ छात्रामा उपविजेता भएपनि उदयमान खेलाडीको रुपमा कमला पाइजा र रिकजना माँझी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका छन् ।

नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीको सम्रग नतिजा सन्तोषजक देखिएको छ । म्याग्दीका एथलेटिक्स,कराँते र उसुका खेलाडीले पहुँचको भरमा उमेर धेरै र धाबकलाई समेत फर्सी खेलाडीको रुपमा पदकका लागि मैदानमा ल्याइएको प्रमाण पेश गर्दा समेत सुनुवाई नभएको गुनासो गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोतसाधानका बाबजुत पनि उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई स्थानीय तहले प्रोत्साहन गर्ने बताए । उनले प्रतियोगितामा पदकविहिन भएका खेलाडीलाई समेत सम्मान गर्ने र खेलमा हारजित हुने भएकाले नियमित अभ्यास सहितका कार्यमा सहभागी हुन समेत अनुरोध गरे ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागि थिए। म्याग्दीबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा खेलाडी सहभागी जनाएको थियो ।

म्याग्दीबाट प्रतियोगिताको एकल र समुह इभेन्टमा २ सय जना खेलाडीको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बेनी नगरकी उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य कुमार किसानले गरेका थिए ।

Leave a Reply