म्याग्दीमा अवैध लागुऔषध चरेसको उत्पादन, बिक्री र ओसारपसार बढेपछि प्रहरीले जिल्लाभरको प्रहरी यूनिटलाई सर्कुलर गदैं ‘विशेष अभियान’ थालेको छ। गतसाता पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम गाउँबाट ल्याएको चरेस र गाउँमा मेसिन सहितको साम्रागी बरामद भएपछि प्रहरीले सम्भावित क्षेत्रमा खोज तथा नियन्त्रण सहितको अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बेनीअनलाइनलाई बताए ।

‘ग्रामिण इलाकामा प्रहरीको टोली परिचालन गरिएको छ, गाँजाचरेसको ओसारपोसार र ब्यापारमा संलग्नको जालो तोड्ने गरी अभियानमा जुटेका छौ, नियन्त्रणमा लिइएका अभियुक्त र विगतको हिस्ट्री हेरेर समेत अनुसन्धानमा जुटेको छ’ प्रनाउ कुँवरले भने । उनका अनुसार लागुऔषध, लागुपर्दाथको कारोबारमा संलग्न, कुलतमा फसेकाहरुको सूचना दिन समेत प्रहरीले सर्वसाधारणमा अपिल समेत गरेको छ ।

विगतमा चरेर, गाँजा सहित पक्राउ परेका क्षेत्रहरुमा प्रहरीको विषेश निगरानी रहेको छ ।चरेस कारोबारको ‘केन्द्र’ बनेको पश्चिम म्याग्दी क्षेत्रमा प्रहरीले निगरानी, संस्कापद ब्यक्तिलाई चेकजाँच सहितको कच्चापदार्थ तथा गाँजा नष्ट गर्ने र समुदायबाट उत्पादन, बेचबिखन र ओसारपसारमा संलग्नविरुद्ध प्रमाणहरु समेत जुटाएर कारवाही गर्ने प्रहरीले जनाएको छ । चरेसमा ठूलो सञ्जाल प्रयोग हुने भएकाले ग्रामिण क्षेत्रबाट बाहिरिनेलाई नियन्त्रणमा लिएपनि चरेस पुग्ने मुख्य क्षेत्रसम्म भने पुग्न समस्या हुने गरेको छ ।

म्याग्दी बनाइएको चरेस कास्की, बुटवल हुदै भारतसम्म पुग्ने गरेको प्रहरीले तथ्य फेला पारेपछि चरेस सर्च एण्ड नष्ट अभियानमा प्रहरीका सबै यूनिटलाई सकुैलर गरेको हो । विगत १० बर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागु पर्दाथ र लागु औषधको ओसारपोसारमा संलग्न ७८ जनालाई सामान सहित पक्राउ गरेको छ । म्याग्दीमा जिल्ला बाहिरबाट भित्रिएको नुर्फिन,डाइजेपाम, फेनारगन र ब्राउन सुगर बाहेक जिल्लाबाट प्लाष्टिकमा टेपले बेरी गाँजा र चरेस पठाउने गरिन्छ ।

Leave a Reply