आजदेखि म्याग्दीमा नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइदैछ । म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोपका लागि तयारी पूरा भएको छ । विहान १० बजे बेनी अस्पतालमा एक समारोहका बिच खोप कार्यक्रम शुभारम्भ हुदैछ ।

आगामी २१ गतेसम्म खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले बताउनुभयो । म्याग्दीको अति विकट मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ ।

MR Campign – Myagdi – 1

अति विकट बस्तीमा रहेका बालबालिकालाई समेत खोप केन्द्रसम्म ल्याउने गरी घरधुरी सर्वेक्षण समेत भएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खोप अभियानलाई सफल बनाउन अनुरोध गर्नुभएएको छ । खोप लागाउन आउदा सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्छ । दादुरा, रुबेला रोगको संक्रमण ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ ।

Leave a Reply