बेनीमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको माघेसङ्क्रान्ति मेलाको आम्दानी खर्चको विवरण सार्वजनिक भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा भएको मेलामा १८ लाख १४ हजार ६६६ आम्दानी भएको, १७ लाख ६९ हजार ५ सय खर्च भएर ४५ हजार १६६ बचत भएको महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो ।

खर्चमध्ये १ लाख संघले स्थापना गरेको उद्योगी ब्यवसायी हित कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो । बुधबार पत्रकार सम्मेलनमा स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई निशुल्क ब्यवस्था गरिएको थियो ।

मेलामा ब्यवसायीक स्थल, टिक बिक्ती, विभिन्न ब्यक्ति र संघसंस्थाबाट सहयोग नै प्रमुख आम्दानी रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बधनमा प्रमुख भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो ।

जिल्लामा सिथिल बनेको ब्यापार व्यवसायलाई चलायमान बनाउन मेला महोत्सवले समेत सघाइरहेको छ। आम्दानी खर्च सार्वजनिक कार्यक्रमको अध्यक्षता तथा स्वागत समितिकी अध्यक्ष श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ र समापन बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गर्नुभएको थियो ।

Leave a Reply