म्याग्दीमा एकै दिन १७ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । बुधाबार देखि सुरु भएको दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको पहिलो दिन १७ सय ७७ जना बालबालिकालाई खोप लगाइएको हो ।

पहिलो दिनको खोप कार्यक्रममा म्याग्दीभर उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन् । आगामी फागुन २१ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तरगत ६ वटै स्थानीय तहमा सबैभन्दा धेरै जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिकाका बालबालिकाहरुलाई खोप लगाएको छ ।

धवलागिरीमा ४७ दशमलब १ प्रतिशत बालबालिकाहरुमा पहिलो दिन नै खोप लगाएको छ। त्यसैगरि बेनी नगरपालिकाले २८ दशमलब ४ प्रतिशत, अन्नपूर्ण २५ दशमलब ३ प्रतिशत, मालिका २५ प्रतिशत, रघुगंगा गाउँपालिकाले १८ दशमलब ६ प्रतिशत र मंगला गाउँपालिकलो १७ दशमलब २ प्रतिशत बालबालिकाहरुलाई खोप लगाएको स्वास्थ्य कार्यालयद्धारा जारी विवरणमा उल्लेख छ ।

धवलागिरीका अति विकट बस्तीमा समेत समेत पैदल हिडेर बालबालिकासँगै अभिभावक खोप केन्द्रमा पुगेका छन् । सडक सञ्जाल नपुगेका बस्तीहरुमा समेत बालबालिका बोकेर खोप केन्द्रमा पुगेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदीले बताए । ‘लक्षित बालबालिकाको झण्डै आधाको हाराहारीमा एकैदिनमा खोप लगाएका छन, सबैतिरबाट निकै उत्साहजनक सन्देश आइरहेको छ’, खोपप्रति अभिभावक सचेत देखिन्छ’ सुबेदीले भने ।

६ वटै स्थानीय तहमा सञ्चालन हुने अभियान माफृत ६ हजार ५७० जना ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार चौधरीले बताए ।जिल्लाभर १५० वटा खोपकेन्द्र मार्फत खोप लगाउने व्यवस्था मिलाइएको छ । १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका छन् । जिल्लामा समयमै खोप तालिम, ढुवानी तथा वितरण तथा घरदैलोमा पुगेर प्रचारप्रसार गरिएकाले सहज भएको छ ।

 

Leave a Reply