म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्रमा पुगेका छन् । गाउँपालिकाको केन्द्र मुनाबाटसमुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जाका बालबालिकालाई लगाउने खोप बोकेर करिब ९ घण्टाको पैदलयात्रा परी गूर्जा पुगे ।

म्याग्दी जिल्लाको अति विकटमा पर्ने कार्यालय सहयोगी छन्त्यालले पदैलमार्गमा हिमपातले अन्य दिनभन्दा समय लागेको बताए । ‘खोपलाई सुरक्षित साथ गूर्जामा पुर्याउनुपर्ने थियो, हिउँमा यात्रा गरी खोप सुरक्षित गरिकाले स्वास्थ्यचौकीमा पुर्याए’ स्वास्थ्य चौकीका सहयोगी छन्त्यालले भने ।

उनले आफ्नो जिम्मेबारी अनुसार समयमै खोप गूर्जामा पुर्याएको बताए । हिउँ छिचोल्दै खोप केन्द्रमापुगेपछि बुधबार समयमै खोप सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदीले बताए ।

गूर्जामा ९ महिना देखि ५ वर्ष उमेर समुहका ४० बालबालिकामा एक जना बिरामी बाहेक सबैले खोप लगाएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा प्रतिशतका आधारमा सबैभन्दा धेरै ९७.५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । एउटै बस्तीमा रहेको वडाबासीले सचेतनामुलक अभियान समेत सञ्चालन गरेकाले सहज भएको थियो ।

Leave a Reply