बेनी नगरपालिका-९,तोरीपानीकी १९ बर्षिया मिना परियार बेपत्ता प्रकरणमा पक्राउ परेका स्थानीय यूवा राम खत्रीलाई पुर्पक्षका कारागार चलान भएका छन् । गएको पुस १६ गते ११ बजे आसपासमा घरबाटै सम्पर्कविहिन भएकी परियारको खोजीकार्य गर्दा समेत नभेटिएपछि पीडित परिवारले खत्री बिरुद्ध किटानी जायरी दिएका थिए ।

प्रेम सम्बन्ध र यौनसम्पर्क राखेको स्वीकार गरेका अभियुक्त २५ बर्षिय खत्रीलाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउन कारागार पठाउने आदेश गरेको हो । घरबाटै बेपत्ता भएको ६१ दिनमा पीडित पक्षको किटानी जायरीपछि प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमार्फतअदालतमा प्रवेश गरेको थियो।

पीडित यूवती परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, अभियुक्तले खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजान भएपछि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले घटनाको थप अनुसन्धानका लागि कारागार चलान गरिएको बताए ।अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ ।

बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो ।  यो घटनाको अनुसन्धानको क्रममा २० बर्षउमेर कमकी किशोरीसँग सहमतिमै सम्बन्ध राख्न कानुनले अवैध मान्ने भएकाले थप काननु समेत आर्कषित हुने कानुनका जानकारहरु बताउँछन् ।

Leave a Reply