म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित बालमन्दिर माध्यमिक विद्यालयमा विद्यालयको व्यवस्थापनका लागि नयाँ कार्यसमिति गठन भएको छ ।

गत फागुन ११ गते डाकिएको अभिभावक भेलाले आफूहरुमध्येबाट चार जनाको नाम टुङ्गो लगाएकोमा बिहिबार एक समारोहका बिच सुरेन्द्रराज शर्माको अध्यक्षतामा खिमबहादुर परियार,लक्ष्मी विक, टिका मिजार, प्रकाश बानियाँ, रामबहादुर खत्री,शिक्षक प्रतिनिधि गिता सुबेदी, पदेन सदस्य वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य र पदेन सदस्य सचिवमा प्रधानध्यापक सुरेन्द्रप्रसाद केसीलाई चयन गरिएको छ ।

शिक्षा ऐन, २०२८ मा रहेको संसोधित प्रावधान अनुसार पहिलो भेलाबाट चुनिएका चार जना सदस्यहरुले अन्य दुई जना सदस्यहरु चन्दादाता, जग्गादाता, शिक्षाप्रेमी लगायतबाट मनोनित गरी सर्वसम्मत समिति गठन गरिएको हो ।

बि.स २०२८ सालमा स्थापना भएको विद्यालयका निर्वतमान अध्यक्ष मनबहादुर चर्माकारले पद हस्तान्तरण गदैं विपन्नको अध्ययन केन्द्र बनेको विद्यालयमा आफ्नो तर्फबाट सक्ने सहयोग निरन्तर हुने बताए ।  नवनिर्वाचत अध्यक्ष शर्माले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलामा थप उचाईमा पुर्याउने बताए । विद्यालयमा विद्यार्थी २ सय ८६ अध्ययनरत छन । विद्यालयका विद्यार्थी आगामी बर्षदेखि एसइईमा सहभागी हुदैछन् ।

Leave a Reply