---Advertisement---

प्रथम स्थानीय सेवा दिवसको अवसरमा अन्नपूर्ण गापामा दीप प्रज्वलन

On: February 29, 2024 9:08 PM
Follow Us:

प्रथम स्थानीय सेवा दिवसको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिहिबार साँझ दीप प्रज्वलन गरिएको छ । शुक्रबार विविध कार्यक्रम सहित मनाउने तयारी गरिएको दिवसको अवसरमा अन्नपूर्णमा सरसफाई कार्यक्रम समेत गरिएको हो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिपाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दीमा नवआगन्तुक स्थानीय तहका कर्मचारीलाई स्वागत तथा अन्तर स्थानीय तहमा सरुवा भई जानेलाई विदाई, बेनी अस्पतालमा रक्तदान कार्यक्रम सहित अन्य विविध कार्यक्रम तय गरिएको जिल्ला संयोजक एवम् गण्डकी प्रदेश उपसंयोजक इश्वर भण्डारीले बताए ।

दिवसको अवसरमा दीर्घ सेवी कर्मचारी सम्मान लगायत विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाउने तयारी गरिएको छ । यसैबीच गण्डकी प्रदेशस्तरमा समेत स्थानिय सेवा कर्मचारी सञ्जाल नेपाल, गण्डकी प्रदेश कार्य समितिले राष्ट्रव्यापी डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।